२०८३ असोज २३ गते शुक्रबार

विश्व कप फाइनलमा कुनकुन देश पुग्लान त ?

विश्व कप फाइनलमा कुनकुन देश पुग्लान त ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २५ गते आइतबार ०९:४१

विश्व कपको फाइनल खेल पुस ३ गते आइतबार हुनेछ ।

पोखरा

कतारमा जारी फिफा विश्व कप फुटबलको क्वाटरफाइनलमा खेल सकिएका छन् । आज बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएसँगै विश्व कपको सेमिफाइनल पुग्ने चार वटै टोलीको टुंगो लागेको छ । सन २०२२ को विश्वकपको सेमिफाइनलमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को पुगेका छन् ।

 

२०१८ मा क्रोएसियालाई पराजित गरेर फ्रान्स विजेता बनेको थियो भने क्रोएसिया उपविजेता बन्यो । पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को खेल्नेछन् । अर्जेन्टिना र क्रोएसियाबीचको खेल मंगलबार राति पौने १ बजे हुनेछ ।

 

यस्तै, दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधवार राति पौने १ बजे खेल हुनेछ । क्रोएसिया र मोरक्कोले अहिलेसम्म विश्व कप जितेका छैनन । मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको हो । विश्व कपको फाइनलमा कुन कुन देश पुग्लान र यो पटकको विश्व कप कसले उचाल्ला चासो बढेको छ ।

 

प्रकाशित मिति २०७९ मंसिर २५ गते आइतबार ०९:४१
हजुरको प्रतिक्रिया