२०८३ साउन २१ गते बिहीबार

समानुपातिक सांसद विजयी भएको घोषणा गर्ने तयारीमा निर्वाचन आयोग

समानुपातिक सांसद विजयी भएको घोषणा गर्ने तयारीमा निर्वाचन आयोग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २७ गते मंगलबार ०५:३१

समानुपातिकबाट प्रतिनिधिसभामा ११० र ७ प्रदेशमा २२० गरी ३३० सांसद विजयी हुने छन् ।

पोखरा

निर्वाचन आयोगले समानुपातिक सांसदको विजयी भएको घोषणा गर्ने तयारी गरेको छ । समानुपातिकमा सिट पाएका दलहरूले बन्दसूचीबाट नाम सिफारिस गरेसँगै आयोगले विजयी भएको घोषणा गर्ने तयारी गरेको हो ।

‘सबै दलबाट सांसदको नाम सिफारिस भएर आएको छ । अब विजयी घोषणाको तयारीमा लागेका छौँ,’ समानुपातिकतर्फका प्रवक्ता गुरूप्रसाद वाग्ले भने ।

विजयी भएको घोषणा भ्याएसम्म आज नभए भोलि घोषणा गरिने उनले बताए ।

एमालेले प्रदेश १ र मधेश प्रदेशको सामानुपातिक सांसदको नाम सिफारिमा त्रुटि गरेपछि विजयी भएको घोषणा गर्न ढिलाइ भएको हो । एमालेले हिजो त्रुटि सच्याएको भए आज नै विजयी भएको घोषणा गर्ने आयोगको तयारी थियो ।  विजयी भएको घोषणा भएपछि सांसदहरूलाई प्रमाणपत्र वितरण गरिने प्रवक्ता वाग्ले बताए ।

समानुपातिकबाट प्रतिनिधिसभामा ११० र ७ प्रदेशमा २२० गरी ३३० सांसद विजयी हुने छन् । ४ मंसिरमा भएको चुनावबाट प्रत्यक्षमा प्रतिनिधिसभामा १६५ र प्रदेशमा ३३० जना विजयी भइसकेका छन् । प्रतिनिधिसभा र प्रदेशसभामा गरी ८२५ जना सांसद हुनेछन् ।

प्रकाशित मिति २०७९ मंसिर २७ गते मंगलबार ०५:३१
हजुरको प्रतिक्रिया