२०८३ साउन २१ गते बिहीबार

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २८ गते बुधबार १०:४२

अर्जेन्टिनाले १९७८ र १९८६ मा गरी दुई पटक विश्व कप उचालेको छ ।

पोखरा

२ पटक विश्व कप उचालेको अर्जेन्टिना फिफा विश्व कप २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेल रंगशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराउँदै अर्जेन्टिना फाइनल यात्रा तय गरेको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनल मेस्सीले १ गोल गरे । पहिलो हाफमै २–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा एक गोल थप्दै जित पक्का गरेको हो ।

 

पहिलो हाफको ३४ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गरे । लगत्तै ३९ औं मिनेटमा अर्जेन्टिनाका जुलियन अल्भारेजले अर्को गोल गरे । दोस्रो हाफको ६९औं मिनेटमा अल्भारेज गोल थप्न सफल भए । योसहित अर्जेन्टिना विश्व कपमा छैटौं पटक फाइनल पुग्यो । अर्जेन्टिना यसअघि सन् १९३०, १९७८, १९८६, १९९०, २०१४ फाइनलमा पुगेको थियो । उसले १९७८ र १९८६ मा गरी दुई पटक विश्व कप उचालेको छ । सन २०१८ काे उपविजेता बनेकाे क्रोएसिया अर्जेन्टिनासँग स्तब्ध भएकाे छ ।

प्रकाशित मिति २०७९ मंसिर २८ गते बुधबार १०:४२
हजुरको प्रतिक्रिया