२०८३ असोज २३ गते शुक्रबार

विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को खेल्दै

विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २८ गते बुधबार ११:५३

कतार फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को खेल्दैछन् । खेल कतारको अल बायत मैदानमा आज राति पौने १ बजे सुरु हुनेछ । फ्रान्स विश्व कप फुटबलको साविक विजेता हो । यो खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ...

कतार

फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को खेल्दैछन् ।

खेल कतारको अल बायत मैदानमा आज राति पौने १ बजे सुरु हुनेछ । फ्रान्स विश्व कप फुटबलको साविक विजेता हो ।

यो खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएर अर्जेन्टिना उपाधि नजिक पुगिसकेको छ ।

फ्रान्स क्वाटरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले र मोरक्को पोर्चुगललाई १–० गोलले हराएर पहिलो पटक सेमिफाइनलमा पुगेका हुन्।

मोरक्को विश्व कपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देश हो । यी दुई टोलीबीच विश्व कपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

प्रकाशित मिति २०७९ मंसिर २८ गते बुधबार ११:५३
हजुरको प्रतिक्रिया