पोखरा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले अबको एक महिनाभित्रै सरकार गठन हुने बताएका छन् । गठबन्धन सरकारले नै निरन्तरता पाउने उनको भनाई छ । बुधबार पोखरामा केन्द्रिय सदस्य र प्रदेश कमिटीका पदाधिकारीसँगको बैठकमा उनले अबको सरकारको नेतृत्व नेकपा माओवादीले गर्ने बताएका छन् ।
माओवादीले २५ सिटमा जित हासिल गर्नुपर्ने भएपनि कांग्रेस पूर्ण रुपमा इमान्दार नहुदाँ कम सिट प्राप्त गरेको प्रचण्डले बताए । ‘हामीले जति इमानदारिता देखायौं कांग्रेसले पूर्ण रुपमा इमानदारिता देखाउन सकेन’, प्रचण्डको भनाईलाई उदृत गर्दै एक केन्द्रिय सदस्यले भने ।
उनले गण्डकी प्रदेशको माओवादीले पाउनपर्ने माग गठबन्धनमा राखेको बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका– १ नागडाँडास्थित महेन्द्र आधारभूत विद्यालयको कार्यक्रममा सहभागि हुन आएका प्रचण्डले केन्द्रिय सदस्य र प्रदेश कमिटीका पदाधिकारीलाई भेटेका हुन् ।
प्रकाशित मिति २०७९ मंसिर २८ गते बुधबार १२:३४