२०८३ साउन २१ गते बिहीबार

विश्व कप फुटबलको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना आइतवार खेल्ने

विश्व कप फुटबलको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना आइतवार खेल्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २९ गते बिहीबार ११:२४

आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई पराजित गरी फ्रान्स फाइनलमा पुग्यो ।

पोखरा

फिफा विश्व कप फुटबल प्रतियोगिताको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने भएका छन् ।

आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई पराजित गरी फ्रान्स फाइनलमा पुग्यो । कतारको अल बायत मैदानमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हराएको हो ।

यस्तै पहिलो सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ ।

अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएको थियो । आउँदो आइतवार उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच खेल हुनेछ । फाइनल खेल नेपाली समय अनुसार आइतवार राति पौने ९ बजे कतारको लुसिल मैदानमा सुरु हुनेछ ।

यी दुई देशले समान दुई पटक विश्व कपको उपाधि जितेका छन् । फ्रान्सले सन् २०१८ र सन् १९९८ मा तथा अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्व कप उपाधि जितेको छ।

प्रकाशित मिति २०७९ मंसिर २९ गते बिहीबार ११:२४

हजुरको प्रतिक्रिया