२०८३ साउन २१ गते बिहीबार

सोमबार पोखराका २९ सहित गण्डकी प्रदेशमा १२६ संक्रमित थपिए

सोमबार पोखराका २९ सहित गण्डकी प्रदेशमा १२६ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २६ गते सोमबार ०१:४६

पाेखरा । साेमबार पोखरा महानगरका २९ जनासहित गण्डकी प्रदेशमा थप १२६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार दिउँसो १ : ३० बजे विज्ञप्ती जारी गरेर सो कुराको जानकारी दिएको हो । पोखरामा...

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार नजिक

पाेखरा । साेमबार पोखरा महानगरका २९ जनासहित गण्डकी प्रदेशमा थप १२६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार दिउँसो १ : ३० बजे विज्ञप्ती जारी गरेर सो कुराको जानकारी दिएको हो ।

पोखरामा संक्रमित हुनेहरुमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकीमा कार्यरत चिकित्सक २ जना, फेवासिटी हस्पिटलको क्यान्टिनमा कार्यरत १ जना, पोखराकै चरक र ओम हस्पिटलमा उपचाररत विरामीहरुसहित २९ जना संक्रमित बनेको निर्देशनालयले जनाएको छ ।
यता गण्डकी प्रदेशको बर्दघाट सुस्तापूर्ब नवलपरासीमा सोमबार मात्र थप ६१ संक्रमित थपिएका छन । तनहुँमा २६ जना संक्रमित थपिँदा बाग्लुङ्का ७ जना संक्रमित भएका छन भने लमजुङका २ जना र स्याङ्जाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अध्यावधिक पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४९७१ पुगेको छ ।

प्रकाशित मिति २०७७ असोज २६ गते सोमबार ०१:४६
हजुरको प्रतिक्रिया