२०८३ असोज २३ गते शुक्रबार

पोखरामा हुनुहुन्छ ? सडकमै देखाइँदै छ विश्वकपको फाइनल

पोखरामा हुनुहुन्छ ? सडकमै देखाइँदै छ विश्वकपको फाइनल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ३ गते आइतबार ०५:२७

पोखरा । पोखरामा सडकमै विश्व कप फाइनलको प्रत्यक्ष प्रसारण देखाइने भएको छ । पोखराको पृथ्वीचोक र हल्लनचोकमा आज राति परिचय एड्भटाइजिङ र एपी मिडियाको विज्ञापन गर्ने एलइडीमा खेल देखाइँदै छ । यो काममा पोखरा महानगरपालिकाले पनि अनुमति...

पोखरा । पोखरामा सडकमै विश्व कप फाइनलको प्रत्यक्ष प्रसारण देखाइने भएको छ । पोखराको पृथ्वीचोक र हल्लनचोकमा आज राति परिचय एड्भटाइजिङ र एपी मिडियाको विज्ञापन गर्ने एलइडीमा खेल देखाइँदै छ ।

यो काममा पोखरा महानगरपालिकाले पनि अनुमति दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने भीड बढी हुँदा जोखिम हुने भन्दै महानगरले सहमति दिएकोमा नै असन्तुष्टि जनाएको छ ।

फाइनलमा अर्जेन्टिना र फ्रान्स खेल्दै छन् । राति पौने ९ बजे हुने खेल गण्डकी प्रदेशकै ठूला एलइडी विज्ञापन बोर्डमा हेर्न पाइने छ ।

प्रकाशित मिति २०७९ पुस ३ गते आइतबार ०५:२७
हजुरको प्रतिक्रिया