लुम्बिनी
मौसम धुम्म छ । हप्ता दिनदेखि बुद्धभूमि लुम्बिनीको आकाश त्यतिसारो खुलेको छैन । र पनि लुम्बिनी पर्यटकले भरिभराउ छ । सडकदेखी यहाँको मुख्य आकर्षण मायादेवी मन्दिरसम्म पर्यटकको भिडले खचाखच छ ।
नेपालीसँगै भारतका विभिन्न जिल्लादेखि बुद्धबारे अध्ययन अवलोकन गर्न शैक्षिक भ्रमणमा आएका विद्यार्थीहरु बढी देखिन्छन् लुम्बिनी परिसरमा ।
पर्यटकको संख्या बढ्दा लुम्बिनीमा सञ्चालित पर्यटनसँग निर्भर रहेका व्यवसायीले राहत महशुस गर्न पाएका छन् । गएको आइतबारदेखि शनिबारसम्म २५ हजार २३८ पर्यटकले भ्रमण गरेको लुम्बिनी विकास कोषसँग तथ्यांक छ ।
१५ हजार ६४१ नेपाली पर्यटक लुम्बिनी घुम्दा ८ हजार ५४४ भारतीय पर्यटक आए । त्यसबाहेक ४४ देशका १ हजार ५३ राहदानीवहाक पर्यटक लुम्बिनी भित्रिएका छन् ।






















प्रकाशित मिति २०७९ पुस ३ गते आइतबार ०७:५३