२०८३ साउन २१ गते बिहीबार

औद्योगिक मेलामा पिङबाट खसेर घाइते भएकी अस्मिताको मृत्यु

औद्योगिक मेलामा पिङबाट खसेर घाइते भएकी अस्मिताको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ६ गते बुधबार ०२:४७

यसबारेमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिसंग कुरा गर्न खोज्दा उनले छलफल चलिरहेकाले पछि कुरा गर्ने बताएका छन् ।

पोखरा

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्यगिक व्यापार मेलामा रहेको पिङबाट गत मंसिर १८ गते खसेर घाइते भएकी २२ वर्षीया अस्मिता लिम्बुको आज मृत्यु भएको छ ।

मेलामा राखिएको बाल उद्यानमा राखएको रोटे पिङमा खेल्दा डब्बा कोल्टिएपछि भुईमा खसेको थियो । जसमा चार जना घाइते भएका थिए । घाइते मध्येकी अस्मिताको अवस्था गम्भीर थियो ।

गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा दिउँसो १२ः५५ नै उहाँको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

यसबारेमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिसंग कुरा गर्न खोज्दा उनले छलफल चलिरहेकाले पछि कुरा गर्ने बताएका छन् ।

प्रकाशित मिति २०७९ पुस ६ गते बुधबार ०२:४७
हजुरको प्रतिक्रिया