२०८३ साउन २१ गते बिहीबार

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले शपथ लिए

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले शपथ लिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ७ गते बिहीबार ०२:३२

२६ जना सांसदले मातृभाषामा सफथ लिएका छन् भने अरूले नेपाली भाषाको प्रयोग गरेका छन् ।

काठमाण्डौ 

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज बिहीवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सङ्घीय संसद् भवनको हल नयाँ बानेश्वरमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्सेर जबराले सांसदहरूलाई शपथ गराएका हुन् ।

केही सांसदले ईश्वरको नाममा र केहीले जनताको नाममा शपथ लिएका छन् । २६ जना सांसदले मातृभाषामा सफथ लिएका छन् भने अरूले नेपाली भाषाको प्रयोग गरेका छन् । शपथसँगै सङ्घीय संसद् सचिवालयले सांसदको लोगो पनि वितरण गरेको छ ।

शपथ ग्रहणका लागि सांसदहरू आ–आफ्नो जातीय पहिचान झल्किने पोसाक लगाएर संसद् भवनमा पुगेका थिए । थरीथरीका पोसाक र भेषभुषामा सांसदहरूको उपस्थितिले संसद् भवन नयाँ बानेश्वको दृष्य निकै रमाइलो देखिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बुधवार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ ग्रहण गर्राएका थिए । जबराले प्रतिनिधि सभाका अरू नवनिर्वाचित सासंदलाई शपथ ग्रहण गराउने जिम्मेवारी पाएको हो ।

प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी दुई सय ७५ जना सांसद छन् । शपथ समारोह अगाडि संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले नवनिर्वाचित सांसदहरूलाई स्वागत, बधाई एवम् शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति २०७९ पुस ७ गते बिहीबार ०२:३२
हजुरको प्रतिक्रिया