२०८३ साउन २१ गते बिहीबार

पोखरामा सुरु भयो नेपाल लिटरेचर फेस्टिभल

पोखरामा सुरु भयो नेपाल लिटरेचर फेस्टिभल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ७ गते बिहीबार ०२:४२

फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सह–प्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवं फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वहरूको सहभागिता हुँदैछ ।

पोखरा

नेपालमा साहित्यिक महोत्सवको जग बसालेको श्रेय नेपाल लिटरेचर फेस्टिभललाई जान्छ । मनोरञ्जनात्मक र व्यापारिक मेला महोत्सवको वर्चस्व रहिरहेको बेला १० वर्षअगाडि बुकवर्म फाउन्डेसनले नेपाल लिटरेचर फेस्बिटलको जग बसाल्यो । सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको प्रांगणमा सुरु भएको थियो नेपाल लिटरेचर फेस्टिभलको पहिलो संस्करण । जगमा इट्टा थप्दैथप्दै नेपाल लिटरेचर फेस्टिभल हुर्कदैंछ ।

शब्दशक्ति उत्सवको एक दशक पुगेको छ । १० औं संस्करणमा हुर्किएको नेपाल लिटरचेर फेस्टिबल पोखराको फेवाताल किनारको बाराहीघाटमा बिहीबार दिउँसो अपौचारिक उद्घाटन गरिएको छ । यद्यपि बुधबार शुभारम्भ साँझ गर्दै फेस्टिबलको १० औं संस्करण शुभारम्भ भइसकेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेस्टिबलको उद्घाटन गरे । भाषा, साहित्य र संस्कृतिमा देश परिवर्तन गर्ने तागत भएको उनले बताए । आचार्य भने, ‘सही ढंगले प्रयोग गर्नुपर्र्छ ।’  उनले किताबलाई साथी बनाउँदै उपहारमा पनि किताब दिनलाइ सुझाए । पोखराले लिटरेचर फेस्टिबल गर्ने दुर्लभ अवसर पाएको उनको भनाई छ । ‘यो निरन्तर पोखरामा हुनुपर्छ । सारा पोखरेलीले सम्बद्र्धन गर्नुपर्छ’, उनले भने । लिटरेचर फेस्टिभल पाँचौ संस्करणदेखि पोखरामा हुँदै आइरहेको छ ।

पोखरामा नेपाल लिटरेचर फेस्टिभल भित्र्याउनलाई स्वर्गीय रविन्द्र अधिकारीले जोडबल गरेको वुकवर्म फाउण्डेसनका कार्यकारी निर्देशक निरज भारीले उद्घाटन शत्रमा सम्झिए । ‘काठमाडौंमा सुरु गरेर हामीले चौंथो संस्करण सक्दै गर्दा रविन्द्र दाइले पोखरामा पनि गर्नुपर्छ है भन्दै हुनुहुन्थ्यो । बर्षमा दुई वटा कार्यक्रम गर्ने हाम्रो सामथ्र्य छ जस्तो लागेन । सन् २०१५ मा भुकम्प गइसकेपछि हामीले के गर्ने कसो गर्ने अन्योलकाबीच रविन्द्र दाइले साह्रै जोड गरेर हार्न नसकेपछि पोखरा आउने निर्णय ग¥यौं’, फ्ल्यासब्याक हुँदै उनी सुनिए । पोखरामा आएर भएका संस्करणलाई फर्केर हेर्दा निर्णय गलत नभएको महशुस हुने उनले बताए ।

‘शब्दशक्ति उत्सवको एक दशक’ नारा रहेको दशौं संस्करणको फेस्टिभलको उद्घाटन पश्चात अर्थशास्त्री एवं काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत्प्रवचन दिइरहेका छन् । उनले ‘नेपाल २०९०’ शीर्षकमा प्रवचन दिदैछन् । बिहीबार घरदेखि विद्यालयसम्म पहिलो सेसन हुनेछ । गोपाल योञ्जनको स्मृतिमा गोपालय पनि बिहीबार हुँदैछ । देश विदेशका करिब २ सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादकलगायतको उपस्थिति रहनेछ । आयोजकका अनुसार फेस्टिभलमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ हुनेछन् ।

फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सह–प्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवं फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वहरूको सहभागिता हुँदैछ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवं लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, बुद्धिसागर, सुबिन भट्टराई, संगीतकर्मी रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका झुमा लिम्बूलगायतको सहभागिता रहने छ । यो संस्करणमा फरक क्षमता भइ अब्बल रहेको व्यक्तित्व, दार्चुला, गोरखा मनाङका स्थानीय जन–प्रतिनीधिसमेत सहभागीता जनाउन आउनेछन् ।

बुकवर्म फाउन्डेसनले आयोजना गरेको फेस्टिभलमा यस वर्ष गण्डकी प्रज्ञा–प्रतिष्ठान सहआयोजक हो । फेस्टिभलको प्रवद्र्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा–प्रतिष्ठान रहेका छन् ।

प्रकाशित मिति २०७९ पुस ७ गते बिहीबार ०२:४२
हजुरको प्रतिक्रिया