पोखरा
महोत्सवको पनि महोत्सवको ब्राण्ड बनाएको लेखनाथ महोत्सव सुरु भएको छ । १८ औं संस्करणको लेखनाथ महोत्सव विहीबारदेखि तालचोक डाँडाकोनाकमा सुरु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विकासका लागि दलगत स्वार्थभन्दा त्याग्नुपर्ने बताए । देशको आर्थिक विकासको मेरुदण्ड उद्योग र व्यवसाय भएको उनको भनाई छ । महोत्सव उद्घाटनपूर्व साँस्कृति झाँकीसहितको ¥याली निकालिएको थियो । ¥यालीमा ३९१ समुह सहभागि थिए ।
महोत्सवमा ३ सय ३७ स्टल छन् । महोत्सवको २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिए । उनका अनुसार महोत्सवमा १० करोडको कारोबार गर्ने लक्ष्य छ । ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च हुने जनाईएको छ । महोत्सवको आकर्षणमा कला, साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी, हस्तकला, लगायत रहेका छन् ।




