२०८३ असोज २३ गते शुक्रबार

नेपाली आधुनिक सङ्गीतमा सय वर्ष

नेपाली आधुनिक सङ्गीतमा सय वर्ष

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ८ गते शुक्रबार ०८:४२

पोखरा पोखरामा जारी नेपाल साहित्य महोत्सव शुक्रबार साँझ नेपाली आधुनिक गीतसंगीतले गुन्जयमान बन्यो । फेवाताल किनार बाराहीघाटमा जारी महोत्सवमा  २८ वटा आधुनिक गीतहरुको प्रस्तुति भएको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले...

पोखरामा गुन्जियो मेलवा देवी देखि बाबा राणाका गीतहरु

पोखरा

पोखरामा जारी नेपाल साहित्य महोत्सव शुक्रबार साँझ नेपाली आधुनिक गीतसंगीतले गुन्जयमान बन्यो । फेवाताल किनार बाराहीघाटमा जारी महोत्सवमा  २८ वटा आधुनिक गीतहरुको प्रस्तुति भएको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले महोत्सवमा नेपाली आधुनिक संगीतमा १ सय वर्ष नामक कार्यक्रमको आयोजना गरि आधुनिक गीतको संगीतिक प्रस्तुति गरेको हो ।

जसमा वि.सं. १९६५ देखि २०६० साल सम्मका गीतहरुको प्रस्तृति दिइएको थियो । प्रस्तुतिका लागि गायिका कुन्ति मोक्तान र शिला बहादुर मोक्तानको विशेष उपस्थिति थियो ।

प्रस्तुतिको पहिलो भागमा वि.सं १९६५ मा रेकर्ड भएको नेपाली पहिलो आधुनिक गीत सेतुराम श्रेष्ठको राजमतिकुमती गीतबाट सुरु भएको थियो । मेलवादेवी गुरुङको सवारी मेरो रेलैमा, मास्टर मित्र सेनको लाहुरेको रेलिमाई हुँदै रानुदेवी अधिकारीको नेपाली अघिबढ हातमा बोलको गीतबाट पहिलो भागको २०१० सम्मको गीतको प्रस्तुति टुंगिएको थियो ।

दोस्रो भागमा वि.सं २०१० देखि २०२० सम्मका हरिप्रसाद रिमालको फगत एक नजरमा, नातिकाजीको नेपाली हामी सम्म प्रस्तुति हुँदा उपस्थित दर्शक गीतमा रमेका थिए । वि.सं. २०२० देखि २०६० सम्मका गीतहरु विभिन्न भागमा प्रस्तुत गरिएको थियो । जसमा राल्फा समूहका गीत देखि बाबा राणाको बिर्सिजाने निष्ठुरीलाई हुँदै सुक्मित गुरुङको मिर्मिरेमा तिमीलाई र कुन्ति मोक्तान र राजेश पायल राईको आवाजमा फैलियो माया दुबोसरी गीत गुन्जिएको थियो ।

कार्यक्रममा कुन्ति मोक्तान संगै भिषण मुकारुङ, निसा देसार, सञ्जय तुम्रोक, दुर्गा परियार, रुपक चौधरी र साजन राईले गीत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति २०७९ पुस ८ गते शुक्रबार ०८:४२
हजुरको प्रतिक्रिया