२०८३ साउन २१ गते बिहीबार

पोखरामा थप ३५ जनामा काेरोना भाइरसको संक्रमण पुष्टि

पोखरामा थप ३५ जनामा काेरोना भाइरसको संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २७ गते मंगलबार ०३:०३

पाेखरा । मंगलबार पोखरा महानगरपालिकाका ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पोखरा महानगरका ३५ जनासहित गण्डकी प्रदेशमा ५३ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मंगलबार पोखरा- ७ का एकजना...

गण्डकी प्रदेशमा मंगलबार ५३ जना सं‌क्रमित

पाेखरा । मंगलबार पोखरा महानगरपालिकाका ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पोखरा महानगरका ३५ जनासहित गण्डकी प्रदेशमा ५३ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मंगलबार पोखरा- ७ का एकजना संक्रमित पोखरास्थित क्रियाशिल पत्रकार रहेका छन । अन्य संक्रमितहरुमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियूमा उपचाररत महिला एकजना,  गण्डकी मेडिकल कलेज जिएमसीमा उपचाररत १ महिलासहित ५ जना, मणिपाल शिक्षण अस्पताल र चरक मेमोरियल अस्पतालका एकएक जना बिरामीसहित ३५ जनामा स‌ंक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको हो ।

यस्तै, मंगलबार स्याङ्जामा थप १४ जना तथा तनहुँमा ४ जना संक्रमित थपिएको निर्देशनालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्याले ५ हजारको आँकडा पार गरेको छ । प्रदेशमा अध्यावधिक विवरण अनुसार कुल संक्रमितको संख्या  ५०२४ पुगेको छ ।

प्रकाशित मिति २०७७ असोज २७ गते मंगलबार ०३:०३
हजुरको प्रतिक्रिया