२०८३ साउन २१ गते बिहीबार

महानगरले जर्बजस्ती डोजर चलाएपछि पोखरा लामेआहालमा प्रदर्शन

महानगरले जर्बजस्ती डोजर चलाएपछि पोखरा लामेआहालमा प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १० गते आइतबार १२:५४

स्थानीय मेघराज पौडेलले बन्द कोठाभित्र बसेर निर्णय गरि मनोमानी ढंगले महानगरले डोजर लगाएकोमा विरोध प्रदर्शन गरिएको बताए ।

पोखरा

स्थायी विकल्प नभेटेपछि अस्थायी रुपमा व्यवस्थापन गर्न पोखरा महानगरले पोखराका विभिन्न ठाउँमा फोहोर व्यवस्थानि गरेको केही दिन भएको छ । फोहोर व्यवस्थापनका क्रममा पोखरा ३२ लामेआहालमा पोखरा महानगरले जबरजस्ती डोजर लगायत डम्पिङ साइट बनाउन लागेपछि स्थानीयले विरोध प्रर्दशन गरेका छन् । विरोध पश्चात हाललाई सो ठाउँ गर्न लागिएको डोजर लगाउने काम रोकिएको छ ।

स्थानीय मेघराज पौडेलले बन्द कोठाभित्र बसेर निर्णय गरि मनोमानी ढंगले महानगरले डोजर लगाएकोमा विरोध प्रदर्शन गरिएको बताए । उनले भने, ‘स्थानीयलाई जानकारी नदिइ फोहोर व्यवस्थित गर्ने विरुद्ध सबै अगाडि आउनुपर्छ । यो गलत भएको छ । ’ अहिले महानगरसँग स्थानीयले छलफल गरिरहेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै पोखरा १४ बाच्छेबुुुुुुडुुुुवामा रहेको ल्याण्डफिल साइटको स्थायी विकल्प पोखरा महानगरले अझ भेटेको छैन । फोहोर व्यवस्थापनका लागि समयवधि सकिएतापनि विकल्प नपाँउदा सोही ठाउँमा व्यवस्थापन गरिँदै आएको थियो । अहिले विमानस्थल सञ्चालनका लागि केही दिनमात्र बाँकी हुँदा महानगरले ल्याण्डफिल पुर्न सुरु गरिसकेको छ तर स्थायी विकल्प भेटेको छैन ।

विकल्पका लागि पोखरा महानगरका ५, ६ वटा ठाउँमा अस्थायी रुपमा व्यवस्थापन गर्दै आएको जानकारी महानगरका सरसफाई शाखाकी प्रमुख कल्पना बरालले दिएकी छन् । सोही मध्य आज पोखरा ३२ मा फोहोर व्यवस्थापन गर्न लाग्दा स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति २०७९ पुस १० गते आइतबार १२:५४
हजुरको प्रतिक्रिया