२०८३ साउन २१ गते बिहीबार

लेखानाथ महोत्सवः खचाखच दर्शक, मौलिकता झल्काउँदै

लेखानाथ महोत्सवः खचाखच दर्शक, मौलिकता झल्काउँदै

विनोद ढुंगाना

@Public 4K Tv

२०७९ पुस १० गते आइतबार ०७:३७

महोत्सवस्थलमा परालको गुन्द्री, बाँसको चोयाका सामाग्री, माटाका भाडावर्तन निर्माण गर्दै प्रदर्शन गरिएको छ ।

पोखरा

पछिल्लो समय गण्डकी प्रदेशमा आयोजना हुने मेला महोत्सवले दर्शकको अभाव खेपरिहेका छन् । अधिकांश मेला महोत्सव दर्शकविहीन भएको बेला लेखनाथ महोत्सवमा दर्शकको ओइरो लागेको छ ।

लेखनाथस्थित तालचोक डाँडाकोनाकमा आयोजित १८ औं संस्करणको लेखनाथ महोत्सव बिहीबारदेखि सुरु भएको हो । आइतबार महोत्सवमा दर्शक खचाखच थिए । मनोरञ्जनात्मक कार्यक्रमसँगै दैनिक उपभोग्य सामाग्री किनमेलमा पनि उस्तै भिड थियो । महोत्सवले मौलिकतालाई पनि स्थान दिएको छ । महोत्सवस्थलमा परालको गुन्द्री, बाँसको चोयाका सामाग्री, माटाका भाडावर्तन निर्माण गर्दै प्रदर्शन गरिएको छ । पुराना सिपको प्रदर्शन हुँदा नयाँपुस्ताको आकर्षण देखिन्छ । हेरौं विनोद ढुंगानाले खिचेका तस्बिरहरु :

 

 

प्रकाशित मिति २०७९ पुस १० गते आइतबार ०७:३७
हजुरको प्रतिक्रिया