२०८३ साउन २१ गते बिहीबार

सभापतिको फोन कुरेँ, अपमानित भएपछि पोखरा आएँ : गगन थापा

सभापतिको फोन कुरेँ, अपमानित भएपछि पोखरा आएँ : गगन थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ११ गते सोमबार १२:०५

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा सोमबार बोल्दै उनले सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल नै नगरी एकल निर्णय लिने गरेको भन्दै असन्तुष्टि जनाए ।

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा पोखराको एउटा मञ्चमार्फत सार्वजनिक गरेका छन् ।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा सोमबार बोल्दै उनले सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल नै नगरी एकल निर्णय लिने गरेको भन्दै असन्तुष्टि जनाए ।

आइतबार दिउँसो एकाकए राजनीतिक घटनाक्रम बद्लिएको थियो । आफू पार्टी सभापतिको फोन कुुरेर बसे पनि नआएपछि पोखरा आएको गगनले बताए । ‘१० बजे आउने योजना थियो । बिहान ६ बजे फोन खोलेको थिएँ,’ उनले सुनाए, ‘मेरो पार्टी सभापतिको कल कतिखेर आउँछ भनेर कुरेको थिएँ । म नेपाली कांग्रेसको महामन्त्री हुँ। सांसद पनि हुँ।’

माओवादी अध्यक्षसँग प्रधानमन्त्रीबारे सभापतिले पार्टीमा छलफल गर्ने भने पनि त्यस्तो केही नभएको उनले खुलाए । अपमान महसुस गरेर आफूू पोखरा आएको गगनले बताए । ‘मैले समाचारमा पार्टीसँग छलफल गर्छु, अनि गठबन्धनको बैठकमा अन्तिम निर्णय गर्छुु भनेको सुनेँ । त्यो पार्टीभित्र म पनि पर्छु । त्यसकारण हिजोको सत्र छुट्छ भन्ने लागेको थियो,’ उनले भने, ‘पार्टी कार्यालय होइन, निवासमा भएको छलफल हो । नबोलाइ जाने कुरा भएन । बोलाइनेमा म पर्छु भनेर प्लेनको टिकट सार्दै सार्दै बसेको थिएँ । त्यसैले एकप्रकारले भन्ने हो भने अपमानित भएर आएँ ।’

प्रकाशित मिति २०७९ पुस ११ गते सोमबार १२:०५
हजुरको प्रतिक्रिया