पोखरा
गीतकार मन क्षेत्रीको ‘गरिखान देऊ’ नामक नयाँ गीत सार्वजनिक भएको छ । डिजिटल प्लेटफर्म युट्युबमा सार्वजनिक गरिएको उक्त गीत छोटो समयमै दर्शक स्रोताको मन जित्न सफल भएको छ ।
प्रसिद्ध गायक प्रमोद खरेलको आवाज रहेको उक्त गीत समाचार तयार पार्दासम्म ट्रेन्डिङ नं. २४ मा छ । गीतमा नेपालीले भोग्नु परेको राजनीतिक अस्थिरताका कारण भएको परिस्थितिलाई उजागर गरिएको छ । गीत गायक खरेलकै व्यक्तिगत युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
मन क्षेत्री गीतमार्फत नै भन्छन्ः
‘देशमै न्याय, देशमै आय कहिले हुन्छ भनिदेऊ !
गरिखान देऊ, गरिखान देऊ
अब त हामीलाई गरिखान देऊ ।’
कोरोना महाामारी, बन्दहड्ताल राजनीतिक अस्थिरता, महंगी, भ्रष्टाचारका कारण नेपालीले व्यहोर्नु परिरहेको दैनिकी नै गीतमा शब्दमार्फत बुनिएको छ । युवापुस्ताको मनस्थितिलाई शब्दमार्फत प्रस्तुत गर्न खोजेको गीतकार मन क्षेत्रीले बताए ।
‘अहिलेको नेपालको जुन परिस्थिति छ । त्यो परिस्थितिमा पनि युवाहरु हार मानेका छैनन् । यही देशमा गरिखान सक्ने अवस्थाका माग गर्दै गरेको लाखौं युवाको आवाज हो,’ उनले भने ।
गीतमा गायक बिनोद बानियाँले गीतमा संगीत भरेका छन् भने संयोजन मोहित मुनालले गरेका छन् । रियल टाइम क्रियसनमा रेकर्ड गरिएको गीतको रेकर्ड सन्तोष दंगल र मिक्सिङ किसान श्रेष्ठले गरेका हुन् ।
युट्युब लिंकः




