गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५१८७ पुग्यो
पोखरा । बुधबार गण्डकी प्रदेशमा थप ४ जनाकाे कोरोना संक्रमणका कारण ज्यान गएको छ भने प्रदेशभर थप ८४ संक्रमित थपिएका छन । पोखरामा उपचाररत स्याङ्जाका एक महिलासहित गण्डकी प्रदेशमा थप ४ जनाको ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर २ घर भएकी ५२ वर्षीय महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कोरोनाबाट आज बिहान ९ बजेर ३४ मिनेट जाँदा ज्यान गएको हो । उनलाई असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै, तनहुँ जिल्ला, भिमाद-६ का ७२ बर्षीय पुरुषको चितवन मेडिकल कलेज, चितवनमा, भिमाद-६ का ७५ बर्षीय पुरुषको बि. एण्ड बि.अस्पताल, काठमाडौँमा गत २४ गते र भिमाद -६ कै ९८ बर्षीय पुरुषको मेडिसिटी अस्पताल, काठमाडौँमा २५ गते गरि एकै परिवारका ३ जनाको ज्यान गएपछि प्रदेशमा बुधबार थप ४ जनाको ज्यान गएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
यस्तै बुधबार पोखरामहानगरपालिकाका ४८ जनासहित कास्कीका ४९ जना,गोरखाका १७ जना, नवलपरासीका ६ जना, तनहुँ र स्याङ्जाका ३/३ जना, लमजुङ् र बाग्लुङ्का २/२ जना, पर्वत र म्याग्दीका १/१ जना गरि ८४ जना संक्रमित बनेकाे निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लेख ५ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार १ सय ८७ पुगेको छ ।
प्रकाशित मिति २०७७ असोज २८ गते बुधबार ०४:४९




