२०८३ साउन २१ गते बिहीबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भोलि, महानगरको सार्वजनिक विदा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भोलि, महानगरको सार्वजनिक विदा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १६ गते शनिबार ०१:१८

उनका अनुसार महानगर मातताका कार्यालय र शैक्षिक संस्था बन्द हुनेछ ।

पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आइतबार गरिनेछ । विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन् ।

विमानस्थल उद्घाटनका लागि पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक विदा दिएको छ । पोखराको गौरव विमानस्थल उद्घाटनको अवसरमा सार्वजनिक विदा दिएको महानगरका प्रवक्ता मोति तिम्सीनालले बताए । उनका अनुसार महानगर मातताका कार्यालय र शैक्षिक संस्था बन्द हुनेछ ।

विमानस्थलबाट अन्तराष्र्टिय उडान भने नहुने भएको छ । भारतले वनारस रुट नदिएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान सुरु हुनेछ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ विदेशमन्त्रीले गत चैतमा नै नेपाललाई हस्तान्तरण गरिसकेका छन् । चीनको एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ सहुलियत ऋणमा विमानस्थल निर्माण गरिएको हो ।

सन् २०१४ मे ३१ मा नागरिक उडड्यन प्राधिकरण र चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएर २०१७ को नोभेम्बरबाट निर्माण थालनी भएको थियो । २०२१ जुन १० मा सक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि पूरा नभएपछि एक वर्षका लागि म्याद थपिएको थियो ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २०३२ सालदेखि जग्गा अधिग्रहण सुरु भएको थियो । झन्डै पाँच दशकमा पोखराबाटै वैदेशिक उडान भर्ने गण्डकीबासीको सपना पूरा हुँदैछ ।

प्रकाशित मिति २०७९ पुस १६ गते शनिबार ०१:१८
हजुरको प्रतिक्रिया