२०८३ कात्तिक १० गते सोमबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनमा उर्लियो मानवसागर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनमा उर्लियो मानवसागर

विनोद ढुंगाना

@Public 4K Tv

२०७९ पुस १७ गते आइतबार ०२:५४

विमानस्थल उद्घाटनमा अनुमान गरिएको भन्दा धेरै उपस्थित भएपछि पोखराको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विमानस्थलको उद्घाटन गरे । उद्घाटनको अवसरमा होलिकोप्टरबाट पुष्पवृष्टि समेत गरियो ।

चिनियाँ निर्माण कम्पनी सीएएमसीले निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत चैत १२ गते नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितीमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई विमानस्थलको साँचो हस्तारन्तर गरेका थिए ।

हस्तानतरणको ९ महिनापछि आइतबारदेखि बल्ल विमानस्थल सञ्चालनमा आएको हो । तर, भारतले वनारसको रुट नदिँदा सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान मात्रै हुनेछ ।

विमानस्थल उद्घाटनमा पोखरेली मानवसागर उर्लिएको छ । २०३२ सालदेखिको सपना पूरा भएपछि पोखरेलीले उद्घाटन समारोहलाई उत्सवका रुपमा मनाएका छन् । पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक विदा नै दिएको छ । विमानस्थल उद्घाटनमा अनुमान गरिएको भन्दा धेरै उपस्थित भएपछि पोखराको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

 

प्रकाशित मिति २०७९ पुस १७ गते आइतबार ०२:५४
हजुरको प्रतिक्रिया