२०८३ साउन २१ गते बिहीबार

नेकपा एस तत्काल सरकारमा नजाने

नेकपा एस तत्काल सरकारमा नजाने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १९ गते मंगलबार ०३:०४

प्रधानमन्त्री प्रचण्डसँग लामो समय सहकार्य भएकाले  विश्वासको मत दिनुपर्ने केही नेताहरुको मत रहेको छ ।

काठमाडौं

नेकपा एकीकृत समावजवादी पार्टी तत्काल सरकारमा नजाने भएको छ । पार्टीको पोलिटब्युरो बैठकले सरकारमा नजाने निष्कर्ष निकालेको हो ।

सत्ता गठबन्धनले ल्याउने नीति र कार्यक्रम अनुसार नेकपा एसले सरकारको समर्थन र विरोध गर्ने बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार सरकारले ल्याउने कार्य योजना अनुसार सरकारलाई विश्वास मत दिने कुरा निर्भर गर्दछ ।

प्रधानमन्त्री प्रचण्डसँग लामो समय सहकार्य भएकाले  विश्वासको मत दिनुपर्ने केही नेताहरुको मत रहेको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिदैँछन् ।

 

प्रकाशित मिति २०७९ पुस १९ गते मंगलबार ०३:०४
हजुरको प्रतिक्रिया