काठमाडौं
सत्ता साझेदार दलहरु सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । सक्ता साझेदार दलहरुले गठन गरेको कार्यदलले कार्यक्रमको खाका सार्वजनिक गर्ने तयारी गरेको हो । साझा कार्यक्रमको खाका बनानउ कार्यदलको बैठक आज बस्न लागेको छ ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम चरणमा पुर्याएको छ । उक्त समितिमा माओवादीका तर्फबाट वर्षामान पुन, राप्रपाबाट डाक्टर धवलशम्शेर जबरा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डाक्टर मुकुल ढकाल सदस्य छन् ।
प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै न्यूनतम साझा कार्यक्रम ल्याउने गरी तयारी भइरहेको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन् ।
प्रकाशित मिति २०७९ पुस २० गते बुधबार १०:०६