न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रुप दिइँदैं
पोखरा
सत्ता साझेदार दलबीच मन्त्रालयको भागवण्डामा सहमति जुटेको छ । प्रमुख पार्टीहरु नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीबीचमा मन्त्रालय भागवण्डामा सहमति जुटेको हो । बुधबार साँझ भएको सत्ता साझेदार दलबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको गृहमन्त्री रवि लामछिानेले जानकारी दिए ।
नेकपा माओवादीले प्रधानमन्त्रीसहित ५ मन्त्रालय पाउने भएको छ । नेकपा एमालेले ९ मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीले एक राज्य मन्त्रीसहित ३ मन्त्रालय पाउने सहमति भएको नेताहरुले बताएका छन् । एमालेले १० मन्त्रालयको दाबी गरेपनि साना दलहरुलाई समेट्नका लागि ९ मा सहमति गरेको स्रोतको दाबी छ । जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने न्यूनमत साझा कार्यक्रमलाई अन्तिम रुप दिएपछि मात्र सरकार जाने/नजाने टुंगो लाग्नेछ ।
मन्त्रालयको भागवण्डा टुंगिएपनि प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिनेपछि मात्र मन्त्री परिषद् विस्तार हुनेछ । २६ पुस अघि सरकारको न्यूनमत साझा कार्यक्रम बनाउन सत्तारुढ पाँच दलका शीर्ष नेताहरु जेटुका छन् । सत्ता साभेदार दलहरुबीच आज बिहीबार न्यूनमत साझा कार्यक्रमलाई अन्तिम रुप दिने सहमति भएको छ ।
प्रकाशित मिति २०७९ पुस २१ गते बिहीबार ०९:०६




