२०८३ साउन २१ गते बिहीबार

पोखरा महोत्सवलाई संघसंस्थाको साथ

पोखरा महोत्सवलाई संघसंस्थाको साथ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २२ गते शुक्रबार ०८:५४

पोखरा पोखरा महोत्सवलाई सफल बनाउन विभिन्न संघ संस्थाले सहयोग गर्ने भएका छन् । पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झाँकी ¥यालीमा सहभागी भइ सहयोग गर्ने भएका हुन् । युनाइटेड क्लबको आयोजनामा आगामी पुसको २७ देखि माघको ९ गते सम्म...

रंगशालादेखि अमरसिंहचौरसम्म झाँकी प्रदर्शन गरिने

पोखरा

पोखरा महोत्सवलाई सफल बनाउन विभिन्न संघ संस्थाले सहयोग गर्ने भएका छन् । पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झाँकी ¥यालीमा सहभागी भइ सहयोग गर्ने भएका हुन् । युनाइटेड क्लबको आयोजनामा आगामी पुसको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंहचौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको उद्घाटन समारोहमा पोखरा रंगशालादेखि महोत्सवस्थल अमरसिंहचौर सम्म झाँकी प्रर्दशन गरिने भएको छ ।

बिहीबार अमरसिंहचौरमा आयोजित संघ संस्थाहरुको छलफलमा सहभागीले पोखरा महोत्सव समग्र पोखरेलीहरुको महोत्सव भएकाले सम्पूर्ण संघ संस्थाहरुले एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा वोल्दै नेपाल तामाङ घेदुङ पोखरा महानगर उपाध्यक्ष रामबहादुर तामाङले युनाइटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवको माध्यामबाट सामाजिक काम गर्ने भएकाले सहयोग गर्नुपर्नेमा जोड दिए ।

विशालनगर आमा समूहकी शान्ता देवकोटाले पोखरा महोत्सवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको र महोत्सव अवधिभरमा विभिन्न समुदायको संस्कृति झल्कने झाँकीहरु समेत प्रस्तुत गर्ने भएकाले सबैका साथ आवश्यक रहेको बताइन् । देवकोटाले पोखरा महोत्सवको अवसरमा महिला दिदी बहिनीहरुलाई लक्षित गरी हस्तकलाको सामग्री निर्माणको निशुल्क तालिम प्रदान गरी महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउनतर्फ लागेकोमा समेत खुसी व्यक्त गरिन् ।

छलफल कार्यक्रममा युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले पोखरा महोत्सव सम्पूर्ण पोखरेली र पोखरामा रहेको संघ संस्थाहरुको सहयोगकै कारण एघारौं संस्करण सम्म आइपुगेको बताए । आगामी महोत्सवहरुमा समेत सम्पूर्णले सहयोग गरिदिन आग्रह गरे । महोत्सव आयोजना गरी सामाजिक काममा लाग्नु आफैमा चुनौंति रहेपनि सम्पूर्ण पोखरेलीहरुको सहयोगकै कारण पोखरा महोत्सव यहाँसम्म आइपुगेको उनको भनाइ थियो ।

सो अवसरमा सगरमाथा टोल विकास संसथाका बमबहादुर गुरुङ, सिंगापुर टोल विकास संस्थाका धनबहादुर गुरुङ, किरण भट्टचन, स्याङजा भुजेल सम्पर्क मञ्चका रवीन्द्र थापा, प्रगतिशील टोल विकास संस्थाका अग्नीप्रसाद श्रेष्ठ, पोखरा १३ की लक्ष्मी केसी, घिरिङ होम स्टेका संचालक मानबहादुर रानामगर लगायत बोलेका थिए । पोखरा महोत्सवका संघ संस्था समन्वय व्यवस्थापन उपसमिति संयोजक सुकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका सचिव तथा एघारौं पोखरा महोत्सव झाँकी व्यवस्थापन उपसमिति संयोजक पूर्णकला पोखरेल र युनाइटेड क्ल्बका महासिचव दिनेश सुनारले महोत्सव बारे बोलेका थिए ।

 

प्रकाशित मिति २०७९ पुस २२ गते शुक्रबार ०८:५४

हजुरको प्रतिक्रिया