२०८३ कात्तिक १० गते सोमबार

गण्डकी प्रदेशमा बिहिबार हालसम्मकै धेरै संक्रमित भेटिए

गण्डकी प्रदेशमा बिहिबार हालसम्मकै धेरै संक्रमित भेटिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २९ गते बिहीबार ०७:२८

पाेखरा । गण्डकी प्रदेशमा बिहिबार हालसम्मकै सर्वाधिक धेरै जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । प्रदेशमा बिहिबार थप १ जनाकाे ज्यान गएकाे छ भने हालसम्मकै उच्च १६९ जना संक्रमित थपिएका छन । तनहुँ जिल्ला, ब्यास नगरपालिका वडा...

कुल संक्रमितकाे संख्या ५ हजार ३ सय ५६ पुग्याे

पाेखरा । गण्डकी प्रदेशमा बिहिबार हालसम्मकै सर्वाधिक धेरै जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । प्रदेशमा बिहिबार थप १ जनाकाे ज्यान गएकाे छ भने हालसम्मकै उच्च १६९ जना संक्रमित थपिएका छन ।

तनहुँ जिल्ला, ब्यास नगरपालिका वडा नम्बर ३ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको २८ गते राति ११:५० मा मृत्यु भएसंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

यता, बिहिबार पाेखराका थप ३५ जनासहित नवलपरासी बर्दघाट सुस्तापूर्बका ५८ जना, म्याग्दीका ४ जना, तनहुँका ११ जना, गोरखाका ७ जना, लमजुंगका ३ जना र बाग्लुंगका ५१ जना गरि कुल १६९ संक्रमित थपिएकाे निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।

याे संगै गण्डकी प्रदेशमा काेराेना भाइरसका कुल संक्रमितकाे संख्या ५ हजार ३ सय ५६ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ असोज २९ गते बिहीबार ०७:२८
हजुरको प्रतिक्रिया