२०८३ साउन २१ गते बिहीबार

राजनीति

प्रचण्ड-बाबुराम ७ वर्षपछि एउटै पार्टीमा, एकताको तयारी

प्रचण्ड-बाबुराम ७ वर्षपछि एउटै पार्टीमा, एकताको तयारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २३ गते शनिबार ०६:४१

माओवादीलाई रातो स्टिकर टाँसिएको घर भन्दै माओवादीबाट बाहिरिएका बाबुरामले नयाँ शक्ति, जनता समाजवादी, संघीय समाजवादी हुँदै नेपाल समाजवादी पार्टी खोलेका थिए

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई फेरि एउटै पार्टीमा हुने भएका छन् । माओवादी र नेसपाको पार्टी एकता हुन लाथेको हो । माओवादीलाई रातो स्टिकर टाँसिएको घर भन्दै माओवादीबाट बाहिरिएका बाबुरामले नयाँ शक्ति, जनता समाजवादी, संघीय समाजवादी हुँदै नेपाल समाजवादी पार्टी खोलेका थिए ।

यो चुनावअघि माओवादीसँग कार्यगत एकता गर्दै गोरखामा प्रचण्डलाई उठाएका बाबुरामले अन्नत माओवादीमै पार्टी मिलाउने भएका हुन् । फेरि ७ वर्षपछि प्रचण्ड तथा बाबुराम एउटै पार्टीमा हुने भएका छन् ।

शनिबार प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच बालुवाटारमा भेट भएको थियो । त्यो भेटमा दुई पार्टीको एकता छिटो टुंग्याउने र समाजवादी कार्यक्रम मान्ने पार्टीहरु सहकार्य गर्न लुज फोरम बनाउने सहमति भएको छ ।

यो भेटलगत्तै बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली बनाएको छ । पाँच सदस्यीय वार्ता टोलीमा महासचिव देव गुरुङ र उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् ।

नेसपाले भने आइतबार राजनीतिक समितिको बैठक बोलाएको छ ।

प्रकाशित मिति २०७९ पुस २३ गते शनिबार ०६:४१
हजुरको प्रतिक्रिया