२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेश

गण्डकीको मुख्यमन्त्रीमा खगराज पक्का, दाबी गर्न तम्तयार

गण्डकीको मुख्यमन्त्रीमा खगराज पक्का, दाबी गर्न तम्तयार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २४ गते आइतबार ०८:४५

निष्कर्षले नै एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई गण्डकीको मुख्यमन्त्री बनाउने पक्का भएको हो ।

पोखरा

केन्द्रमा दलहरुको निर्णय भएसंगै एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

गण्डकी प्रदेशमा दलहरुको बहुमतमा समर्थन जुटाउने सोमबार अन्तिम दिन हो । शनिबारदेखि नै छलपलमा जुटेका दलहरुले आईतबार रातीसम्म भने निष्कर्ष निकालेको छ । निष्कर्षले नै एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई गण्डकीको मुख्यमन्त्री बनाउने पक्का भएको हो ।

गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद गरी ३२ सदस्यको समर्थनमा सरकार बन्दै छ । यसबाहेक कांग्रेसका २७ र स्वतन्त्र जितेर एकीकृत समाजवादी छिरेका दीपक मनाङ सांसद छन् ।

गण्डकी प्रदेशमा २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि दाबी पेश गर्न आह्वान भएको अघिल्लो दिन नै दलहरु तम्तयार भएर बसेका छन् ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ गते दिउँसो ४ बजेभित्र मुख्यमन्त्रीमा दाबी गर्न पुस २१ गते आह्वान गरेका थिए ।

गण्डकीमा मुख्यमन्त्री दाबी पेश गर्न ३ वटै दलको हस्ताक्षर संकलन गरेर तम्तयार अवस्थामा छन् भने दलहरुले सरकार गठन भएलगत्तै जोड दिने न्यूनतम साझा कार्यक्रमबारे पनि शनिबारदेखि नै छलफल गरेका थिए ।

सरकार गठन भएसँगै स्वास्थ्य र सुशासनमा जोड दिने तथा प्रदेशलाई जनताले महसुस गर्ने कार्यक्रम अगाडि सार्नेबारे दलहरुले छलफल गरेका छन् । सोमबार बिहान १० देखि १२ बजेभित्रै दाबी पेश गर्ने दलहरुको तयारी छ ।

 

 

प्रकाशित मिति २०७९ पुस २४ गते आइतबार ०८:४५
हजुरको प्रतिक्रिया