२०८३ साउन २१ गते बिहीबार

पोखरा महोत्सवमा सुरक्षामा कडा पारिने

पोखरा महोत्सवमा सुरक्षामा कडा पारिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २५ गते सोमबार १०:०७

महाेत्सव पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंहचौरमा आयोजना हुनेछ ।

पोखरा

पोखरा एघारौं पोखरा महोत्सवको सुरक्षा व्यवस्था चुस्तदुस्त पारिने भएको छ । पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंहचौरमा आयोजना हुने महोत्सवको सुरक्षामा कुनै किसिमको कसुर बांकी नराख्ने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए ।

महोत्सव आयोजक युनाइटेड क्लबका पदाधिकारीहरुसँगको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसीले पोखरा महोत्सवको सुरक्षाका लागि कास्कीका चार वटै सुरक्षा निकायहरुलाई महोत्सव स्थलमा खटाउने बताए । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीद्वारा महोत्सव अवधिभर महोत्सवको सुरक्षामा लाग्ने बताउदै प्रमुख जिल्ला अधिकारी केसीले महोत्सव आयोजकसँग सहकार्य गरेर सुरक्षा निकायले महोत्सवको सुरक्षा गर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले महोत्सवको सुरक्षाका लागि नेपाल प्रहरीले शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, आयोजकले उपलब्ध गराएको निजी सुरक्षा कम्पनीहरुसँग सहकार्य गरेर महोत्सवमा कुनैपनि अप्रिय घटनाहरु हुन नदिने बताए ।

सो अवसरमा बोल्दै युनाइटेड क्लबका कार्यसमिति सदस्य तथा सुरक्षा व्यवस्थापन उपसमिति संयोजक विष्णुकुमार गुरुङले पोखरा महोत्सवको सुरक्षाका लागि सुरक्षा निकायसँगै आफूहरुले निजी सुरक्षा कम्पनीहरुसँग सहकार्य गरेर महोत्सवलाई सुरक्षित गर्ने बताए ।

महोत्सवमा सुरक्षाकर्मीसँगै महोत्सवमा एकदर्जन बढी सिसी क्यामेराद्वारा समेत २४ सै घण्टा निगरानी गरिने समेत गुरुङले जानकारी दिए ।  क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडि बढिरहदा एघारौं संस्करणको पोखरा महोत्सवलाई पनि विगतका महोत्सवहरुलाई जस्तै गरी प्रशासनबाट सहयोगको अपेक्षा राखे । क्लवका अध्यक्ष राजु श्रेष्ठले एघारौं पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै महोत्सवले रमाइलो गर्नेमात्र नभइ सामाजिक कामकै लागि महोत्सवको आयोजना गरिँदै आएको बताए ।

 

प्रकाशित मिति २०७९ पुस २५ गते सोमबार १०:०७
हजुरको प्रतिक्रिया