२०८३ साउन २१ गते बिहीबार

खगराजलाई दीपक मनाङेको पनि समर्थन

खगराजलाई दीपक मनाङेको पनि समर्थन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २५ गते सोमबार ०२:३१

मनाङ प्रदेश सभा २ बाट स्वतन्त्र चुनाव सांसद जितेका मनाङेले काठमाडौंबाट एकीकृत समाजवादीमा प्रदेश गरेको घोषणा गरेका थिए । तर, यसअघि सताको खेलमा कहिले एमाले त कहिले कांग्रेसी गठबन्धनमा गरेर ३ पटक खेलकुद मन्त्री बनेका थिए । कांग्रेस गठबन्धनकै सरकार सम्भावना हुँदा मनाङेले एकीकृत समाजवादी प्रवेश गरेको घोषण गर्दै आफ्नो अन्तिम पार्टी भएको बताएका थिए ।

पोखरा

सांसद राजीव गुरूङ ऊर्फ दीपक मनाङेले पनि खगराज अधिकारीलाई समर्थन गर्ने भएका छन् । केहीबेर अघि पोखरा जिरो किलोमिटरस्थित न्युएरा पार्टी प्यालेसमा जमघट चलिरहेका बेला छेऊको दुरान रेस्टुरेन्टमा खगराजसँग भेटेर फर्केपछि दीपक मनाङेले संघमा जे सुकै भए पनि आफूले एमालेलाई समर्थन गर्ने बताएका हुन् ।

मनाङ प्रदेश सभा २ बाट स्वतन्त्र चुनाव सांसद जितेका मनाङेले काठमाडौंबाट एकीकृत समाजवादीमा प्रदेश गरेको घोषणा गरेका थिए । तर, यसअघि सताको खेलमा कहिले एमाले त कहिले कांग्रेसी गठबन्धनमा गरेर ३ पटक खेलकुद मन्त्री बनेका थिए । कांग्रेस गठबन्धनकै सरकार सम्भावना हुँदा मनाङेले एकीकृत समाजवादी प्रवेश गरेको घोषण गर्दै आफ्नो अन्तिम पार्टी भएको बताएका थिए ।

तर, सत्ता समीकरण बदलिएसँगै मनाङेले खगराजलाई भेटेर केन्द्रमा जेसुकै भए पनि गण्डकीमा एमालेलाई समर्थन गर्ने बताएका हुन् । ‘अरूलाई बनाएकै छैन पनि मत खगराज दाइलाई दिन्छु । समर्थन गर्न डकुमेन्ट बनाउँदै छु’ मनाङेले भने,’केन्द्रमा उहाँहरूको प्रोब्लम हो । मैले त कम्युनिस्ट सरकारलाई मत दिने हो ।’

तपाईंको समर्थनले गण्डकीमा ३३ जना हुने भए नि भन्ने प्रश्नमा मनाङेले भने,’२ जना पछि हराइहाल्छ नि १ वर्षपछि ।’  एमाले सांसद तथा एमाले केन्द्रीय सदस्य गोविन्द नेपालीले मनाङेले स्वतन्त्र सांसदको हैसियतले समर्थन गर्न लागेको बताए।

प्रकाशित मिति २०७९ पुस २५ गते सोमबार ०२:३१
हजुरको प्रतिक्रिया