२०८३ कात्तिक १० गते सोमबार

पाेखराका सडकमा अस्फाल्ट पिच

पाेखराका सडकमा अस्फाल्ट पिच

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २९ गते बिहीबार १०:०९

पाेखरा । पोखरामा अस्फाल्ट कंक्रिट पीचको काम सुरु भएको छ । अस्फाल्ट कंक्रिट प्रविधि अमेरिकन प्रविधि हाे । गाडीको चाप बढी हुने ठाउँमा कम्तीमा ५ सेन्टिमिटरसम्मकाे मोटाईमा कालोपत्रे गरिने याे प्रविधि पाेखराकाे सडकका लागि उपयुक्त...

पाेखरा । पोखरामा अस्फाल्ट कंक्रिट पीचको काम सुरु भएको छ । अस्फाल्ट कंक्रिट प्रविधि अमेरिकन प्रविधि हाे । गाडीको चाप बढी हुने ठाउँमा कम्तीमा ५ सेन्टिमिटरसम्मकाे मोटाईमा कालोपत्रे गरिने याे प्रविधि पाेखराकाे सडकका लागि उपयुक्त रहेकाे विज्ञहरूले बताएका छन ।

 

अस्फाल्ट कंक्रिट प्रविधिबाट पिच गर्दै कामदार

मंगलबार न्यूरोडबाट शुरू गरिएकाे कालोपत्रे यो वर्ष न्यूरोडसहित पर्स्याङदेखि सिद्धार्थचोक हुँदै महेन्द्रपुल, रानीपौवा–अमरसिंह चोक र महेन्द्रपुलदेखि दीपसम्मको सडकमा गरिने महानगरले जनाएकाे छ ।

 

अस्फाल्ट कंक्रिट प्रविधिबाट पिच गरिएकाे सडक

 

अस्फाल्ट कंक्रिट महंगो प्रविधि हो । महानगरसहित सडक डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयले पोखराका २५ किलोमिटर सडकलाई नयाँ शैलीको कालोपत्रे गर्नेछन् । यसका लागि महानगरले १७ लाख विनियोजन गरेको छ भने अरु दुई कार्यालयले १०/१० लाख छुट्याएका छन् ।

प्रकाशित मिति २०७७ असोज २९ गते बिहीबार १०:०९
हजुरको प्रतिक्रिया