२०८३ असोज २३ गते शुक्रबार

जातीय विभेदको आरोप लागेका पोखरा-२४ का वडाध्यक्ष पक्राउ

जातीय विभेदको आरोप लागेका पोखरा-२४ का वडाध्यक्ष पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २६ गते मंगलबार १२:२०

फरार रहेका अधिकारी आज बिहान आफैं जिल्ला प्रहरी कार्यालय पुगेका हुन् र त्यसपछि प्रहरीले पक्राउ गरेको हो ।

पोखरा 

पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् ।

दलित महिला सदस्य मैया नेपालीले वडाध्यक्ष अधिकारीले विभेदजन्य शब्द प्रयोग गरेर अपमान गरेको भन्दै गत आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गरेकी थिइन् ।

फरार रहेका अधिकारी आज बिहान आफैं जिल्ला प्रहरी कार्यालय पुगेका हुन् र त्यसपछि प्रहरीले पक्राउ गरेको हो ।

घटनाबारे छानबिन गर्न अधिकारीविरुद्ध आजै म्याद थप्ने प्रहरीको तयारी छ ।

प्रकाशित मिति २०७९ पुस २६ गते मंगलबार १२:२०
हजुरको प्रतिक्रिया