२०८३ साउन २१ गते बिहीबार

आजदेखि अमरसिंहचौरमा पोखरा महोत्सव

आजदेखि अमरसिंहचौरमा पोखरा महोत्सव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २७ गते बुधबार ०८:५७

युनाइटेड क्लब पोखराको आयोजनामा आजदेखि माघ ९ गतेसम्म चल्ने महोत्वसको गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन अघि झाँकी प्रदर्शन गरिने

पोखरा

अमरसिंहचौरमा आजदेखि पोखरा महोत्सव सुरु हुँदैछ । पोखरा महोत्सवको यो ११ औं संस्करण हो । युनाइटेड क्लब पोखराको आयोजनामा आजदेखि माघ ९ गतेसम्म चल्ने महोत्वसको गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज उद्घाटन गर्ने कार्यक्रम  छ ।उद्घाटन अघि पोखरा रंगशाला गेटदेखि महोत्सव स्थलसम्म विभिन्न जातजातिका भेषभुषा झल्किने झाँकी प्रदर्शन गरिने क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार ११ बजे झाँकी सुरु हुन्छ भने दिउँसो साढे १२ बजे महोत्सवको औपचारिक उद्घाटन गरिने छ ।

युनाइटेड क्लबले पोखराको अमरसिंहचौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा कार्य गर्दै आएको छ । एघारौं पोखरा महोत्सवको संघारमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शिक्षाबाट बञ्चित नहोस भन्ने उद्देश्यले १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति कोष स्थापना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

आर्थिक अभाव भर्ई स्वास्थ्य लाभ लिन नसकेका तथा ग्रामीण क्षेत्रलाई लक्षित गरी विभिन्न दुरदराजका गाउँहरुमा स्वास्थ्य शिविर, युवाहरुलाई कुलतबाट फस्नबाट रोक्नका लागि खेलकुदको माध्यमबाट सवल र सक्षम नागरिक बनाउनको लागि युनाइटेड क्लबले खेलकुदका कार्यक्रमहरु आयोजना गर्नुका साथै विभिन्न संघ संस्थाहरुले आयोजना गर्ने राष्ट्रिय तथा स्थानिय खेलकुद प्रतियोगिताहमा प्रायोजक, प्रवद्र्धक तथा सहयोगी संस्थाको रुपमा रहेर सहयोग गर्दै आएको छ ।

क्लबकै पहलमा निर्माण भएको पोखरा महानगरपालिकाको ३०, ३१ र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टर जमिनमा पशुपंक्षी उद्धार केन्द्र हुँदै चिडियाखाना गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । चिडियाखानालाई गण्डकी प्रदेश सरकारले प्रदेशको गौरवको योजनामा राखी जिल्ला बन डिभिजन कार्यालयमार्फत निर्माणको कार्य अगाडि बढिरहेको छ ।

एघारौं पोखरा महोत्सवबाट सेती नदीको संरक्षण गर्दै सहासिह पर्यटकीय गन्तव्य निर्माणका लागि केही रकम छु्याइने अध्यक्ष श्रेष्ठले बताए । प्रत्येक महोत्सवमाप्रति टिकटबाट एक रुपैयाँ सेती नदी संरक्षण अभियानलाई छुट्याइने उनले जानकारी दिए । एघारौं पोखरा महोत्सवको मुख्य प्रायोजकमा रवि एण्ड सन्नी इन्डस्ट्रिज प्रालिको बेटर होम एप्लायन्स रहेको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवमा २ सय ५८ वटा स्टलहरु रहने छन् । पर्यटन प्रवद्र्धन, पर्यटकीय स्थानको जानकारी दिन निशुल्क स्टल उपलब्ध गराइने सुनारले बताए । कृषि तथा हस्तकलाका स्टलहरुलाई भने विशेष छुट प्रदान गरिने भएको छ । यस महोत्सव अवलोकन गर्न करिब २ लाख दर्शक आउने अनुमान आयोजकको छ ।

महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि बनाउन सहयोग पुग्ने क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए ।महोत्सवमा विकसित सूचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउन, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिँदै आन्तरिक तथा वाह्य क्षेत्रमा उत्पादित बस्तुहरुको बजार सहजीकरण गराउने, आर्थिक चलायमान गराइ रोजगार सिर्जना गराउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य महोत्सवको छ ।

जनजाति तथा पिछडिएका महिलालाई स्वरोजगार तालिम

पोखरा महोत्सवमा स्वरोजगार तालिम प्रदान गरिने भएको छ । महोत्सवमा विशेष गरी पिछडिएका, जनजाति र एकल महिलाहरुलाई लक्षित गरी स्वरोजगार तालिम प्रदान गर्न लागिएको हो । महोत्सव अवधिभर सञ्चालन हुने तालिममा जाडो यामलाई लक्षित गरी स्विटर, मोजा, टोपी, गलबन्दी, पञ्जा लगायतका सामग्रीहरु निर्माण सम्बन्धी तालिम प्रदान गरिने एघारौं पोखरा महोत्सव हस्तकला व्यवस्थापन उपसमिति संयोजक सविता श्रेष्ठ रञ्जितले जानकारी दिइन् ।

श्रेष्ठका अनुसार प्राविधिक शिक्षालय (सिटिइभिटी) को प्राविधिक सहयोगमा २० जनालाई उक्त तालिम दिइने छ । महोत्सव अवधिभर १२ दिन तालिम प्रदान गरिने र स्वरोजगार हुन चाहनेलाई दुई महिने निशुल्क तालिम समेत प्रदान गरिने बताइन् । तालिममा सहभागी हुन चाहनेहरुले पुष २५ भित्र युनाइटेड क्लबको कार्यालयमा सम्पर्क गर्न समेत संयोजक श्रेष्ठले आग्रह गरेकी छन् ।

 

प्रकाशित मिति २०७९ पुस २७ गते बुधबार ०८:५७
हजुरको प्रतिक्रिया