पोखरा
पोखरा महानगरपालिको–१५ मा वडास्तरीय बृहत खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवमा ९ सय बढी खेलाडीले सहभागिता जनाएका छन् ।
महिला तथा पुरुषतर्फका विभिन्न ८ वटा इभेण्टमा प्रतिस्पर्धा हुने महोत्सवको औपचारिक उद्घाटन बिहीबार हुदैछ ।
वन विज्ञान अध्यायन संस्थानको मैदानमा बुधबारदेखि नप्रतियोगिता सुरु भएको हो । ‘औपचारिक उद्घाटन बिहीबार हुदैछ । सहभागि खेलाडी धेरै भएकाले तीन दिनमा प्रतियोगिता नसकिने भएपछि खेल शुरु ग¥यौं’, वडाध्यक्ष तोरण बानियाँले भने ।
वडा सदस्य आशिष भण्डारीका अनुसार अन्तर क्लव फुटबलमा १७, विद्यालय स्तरीय फुटबलमा ५, महिला भलिबलमा ११, पुरुष भलिबलमा ९, रस्साकसीमा १८ समुहले प्रतिस्पर्धा गर्नेछन् ।
४० वर्ष माथि उमेर समुहको महिला दौडमा ७१ जना, ५० वर्ष माथिको पुरुष दौडमा २६ जना, फरक क्षमता भएकाहरुको बास्केट बल प्रतियोगितामा २० जना खेलाडीले भाग लिएका छन् ।
प्रकाशित मिति २०७९ पुस २८ गते बिहीबार ०९:५४