२०८३ साउन २१ गते बिहीबार

मुख्यमन्त्री अधिकारीले चयन गरे अर्थमन्त्रीको चर्चामा रहेका गाहालाई प्रमुख सचेतक

मुख्यमन्त्री अधिकारीले चयन गरे अर्थमन्त्रीको चर्चामा रहेका गाहालाई प्रमुख सचेतक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २८ गते बिहीबार ०३:४९

नवलपुर–१ (२) बाट निर्वाचित गाहामगर पृथ्वीसुब्बा नेतृत्वको सरकारमा मन्त्री हुन नपाए पनि सरकारबाट बाहिरिए पछि सार्वजनिक लेखा समिति सभापति बनेका थिए । अधिकारीले केन्द्रमा प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई पनि आफूलाई सहयोग गर्न अपिल गरेको बताए ।

पोखरा

विश्वासको मत लिनुभन्दा अघिल्लो दिन बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रमुख सचेतक चयन गरेका छन् । विश्वासको मत लिन दलभित्र ह्विप लगाउनका लागि अधिकारीले नवलपुरका सांसद रोशन गाहामगरलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

२१ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले २९ गते संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । त्यसअघि सरकारमा पहिलो चरणमै मन्त्री हुने सांस्दको रुपमा हेरिएका गाहामगरलाई प्रमुख सचेतक नियुक्त गरेका हन् । गाहामगर एमालेबाट गण्डकी प्रदेशमा दोस्रो पटक जितेर आउने एकमात्र सांसद हुन् । मुख्यमन्त्री खगराजले ३ पार्टीका ३ जनालाई मन्त्री बनाउँदा गाहामगर परेनन् ।

एमालेबाट सीता सुन्दास, नेकपा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपा संसदीय दलका नेता पञ्चराम तमुलाई बिना विभागी मन्त्री नियुक्त गरेका हुन् । गाहामगरले २९ गते मुख्यमन्त्रीले विश्वासको मत लिने भएकाले त्यो प्रयोजनका लागि मात्र आफूलाई प्रमुख सचेतक बनाइएको बताए । नवलपुर–१ (२) बाट निर्वाचित गाहामगर पृथ्वीसुब्बा नेतृत्वको सरकारमा मन्त्री हुन नपाए पनि सरकारबाट बाहिरिए पछि सार्वजनिक लेखा समिति सभापति बनेका थिए । अधिकारीले केन्द्रमा प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई पनि आफूलाई सहयोग गर्न अपिल गरेको बताए ।

अधिकारीले एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र एक गरी ६० सदस्यीय प्रदेश सभामा ३३ जनाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । गण्डकीमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ सांसद छन् ।

प्रकाशित मिति २०७९ पुस २८ गते बिहीबार ०३:४९
हजुरको प्रतिक्रिया