२०८३ साउन २१ गते बिहीबार

पोखरा आइपुगिन् दीपानारायण झा, पोखरेली दर्शकलाई गीत सुनाउन आतुर

पोखरा आइपुगिन् दीपानारायण झा, पोखरेली दर्शकलाई गीत सुनाउन आतुर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २८ गते बिहीबार ०७:५०

पोखरा आंइपुगेर दीपाले भनिन्, 'मेरो हनिमुन पोखरामा मनाएको हो । पोखरा सुन्दर छ ।'

पोखरा

हार्मोनी पोखराले शुक्रबार आयोजना गर्न लागेको ‘धुनहरुमा दीपा नारायण झा’ कार्यक्रमका लागि झा पोखरा आज पोखरा आइपुगेकी छन् ।

पोखरा आइपुगेर दीपाले भनिन्, ‘मेरो हनिमुन पोखरामा मनाएको हो । पोखरा सुन्दर छ ।’ कुसुमे रुमाल, गहिरो सागर, मनकी चरी, चाहान्छु म तिमीलाईलगायतका थुप्रै नेपाली चलचित्रका हिट गितमा स्वर भरेकी सदाबहार गायिका दीपानारायण झाले शुक्रबार पोखरेली दर्शकलाई आफ्नो गीत सुनाउने छिन् । आफ्नो गीत सुनाउन र गीत सुन्नका लागि आतुर र उत्साहि रहेको झाले बताइन् ।

हार्मोनी पोखराका अध्यक्ष इतु जोजिजुले कार्यक्रमको तयारी पुरा भएको जनाएकी छिन् । दिउसो ४ बजेबाट सुरु हुने सांगितिक कार्यक्रममा पोखरेली गायकगायिकासंगै दीपानारायण झा सभागृह हलमा गुन्जनेछिन् ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण पब्लिक फोके टेलिभिजनबाट हुँदैछ ।

प्रकाशित मिति २०७९ पुस २८ गते बिहीबार ०७:५०
हजुरको प्रतिक्रिया