पब्लिक टेलिभिजनमा प्रत्यक्ष प्रसारण
पोखरा
हार्मोनी पोखराको आयोजनामा आज पोखरामा ‘धुनहरुमा दीपानारायण झा’ सांगितिक कार्यक्रम हुँदैछ । पोखरा सभागृह हलमा दिउसो ४ बजे हुने कार्यक्रमका लागि दीपानारायण झा बिहिबार नै पोखरा आइपुगेकी छिन् ।
दीपाले नेपाली सुगम संगीतसहित सम्झना, कुसुमे रुमाल, मसाल, अन्याय, पिरती, सन्तान, कन्यादान, फेरि भेटौंला, कर्जा, पछ्यौरी, देउकी, ट्रक ड्राइभर, कसमलगायत नेपाली चलचित्रका गीतहरुमा स्वर दिएकी छन् । उनले थुप्रै नेपाली चलचित्रका गीत श्रीमान् उदित नारायण झासंग मिलेर गाएकी छिन् ।
हार्मोनी पोखराको टेस्ट अफ हार्मोनी कार्यक्रम अन्तरगत चौथो श्रृंखलाको कार्यक्रममा दीपा पोखरा आइपुगेकी हुन् ।
आज हुने कार्यक्रममा दीपानारायण झासंगै पोखरेली गायिकाहरु इतु जोजिजु, शीतल थापा, अजुदा थापा, कौशल्या गुरुङ, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतीक्षा देवकोटा, देवी गुरुङ, रजनी ऋदम राई, प्रिया गुरुङ र प्रकृति गुरुङले दीपाको गीतमा स्वर भर्नेछन् । रामभक्त जोजिजु, विनोद बानियाँ, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमुले साथ दिनेछन् ।
कार्यक्रममको प्रत्यक्ष प्रसारण पब्लिक फोके टेलिभिजनबाट हुँदैछ ।
प्रकाशित मिति २०७९ पुस २९ गते शुक्रबार ११:४६




