२०८३ साउन २१ गते बिहीबार

काेराेना संक्रमणका कारण पाेखरामा २५ बर्षीय एक यूवाकाे निधन

काेराेना संक्रमणका कारण पाेखरामा २५ बर्षीय एक यूवाकाे निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ३० गते शुक्रबार ०१:०८

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण शुक्रबार गण्डकी प्रदेशमा थप एक जनाकाे ज्यान गएकाे छ । सशत्र प्रहरी बल, मुस्ताङमा कार्यरत बाग्लुङ जिल्ला, ढोरपाटन नगरपालिका-७ का २५ बर्षीय पुरुषको २९ गते राति ११:३० बजे मणिपाल शिक्षण अस्पताल,...

शुक्रबार गण्डकी प्रदेशमा ११५ संक्रमित थपिए, कुल संक्रमित ५४७१ जना

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण शुक्रबार गण्डकी प्रदेशमा थप एक जनाकाे ज्यान गएकाे छ । सशत्र प्रहरी बल, मुस्ताङमा कार्यरत बाग्लुङ जिल्ला, ढोरपाटन नगरपालिका-७ का २५ बर्षीय पुरुषको २९ गते राति ११:३० बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा ज्यान गएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लखे छ ।

ज्यान गुमाउने युवक असाेज २५ गते अस्पताल भर्ना भएका थिए भने २७ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

यस्तै, शुक्रबार पाेखरा महानगरपालिकाका २० जनासहित गण्डकी प्रदेशमा थप ११५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । संक्रमितमध्ये पोखरा महानगरपालिका-२५ का २७ बर्षीय पुरुष मेट्रोसिटी अस्पताल, पोखराका चिकित्सक हुन भने पर्बत जिल्ला, कुश्मा-५ का ३८ बर्षीय महिला मेट्रोसिटी अस्पताल, पोखरामा उपचाररत विरामी रहेकाे र संक्रमित सवैजना कन्ट्याक ट्रेसिङबाट थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

शुक्रबार थप हुने संक्रमितहरूमध्ये बर्दघाट सुस्तापूर्व नवलपरासीका ५४ जना रहेका छन । पाेखराका २० जना संक्रमित थपिँदा बाग्लुङमा ९ जना संक्रमित थपिएका छन ।

यस्तै, गाेरखाका १३ जना, लमजुङका ७ जना, स्याङजाका ४ जना तथा पर्वतका एक जनासहित प्रदेशमा ११५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे निर्देशनालयले जनाएकाे हाे ।

याे संगै गण्डकी प्रदेशमा काेराेना भाइरसबाट संक्रमित हुनेकाे कुल संख्या ५ हजार ४ सय ७१ जना पुगेकाे छ ।

प्रकाशित मिति २०७७ असोज ३० गते शुक्रबार ०१:०८
हजुरको प्रतिक्रिया