२०८३ साउन २१ गते बिहीबार

पोखरा महोत्सवमा उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कार

पोखरा महोत्सवमा उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ३० गते शनिबार ०९:१८

महोत्सवमा शनिबार लोकदोहोरीतर्फ प्रकाश सपुत, जीवन दाहाल, शिवहरि ढुंगाना, राजन कार्की, निशा पोख्रेल, परशुराम अधिकारी, वसन्ती थापा, सुमन केसी, तुलसा जिसीको प्रस्तुति रहनेछ भने साँझको लाइभ कन्सर्टमा लाहुरेको प्रस्तुति रहने छ ।

पोखरा

पोखराको अमरसिंहचौरमा जारी एघारौं पोखरा महोत्सवको अवलोकनसँगै दर्शकहरुले टिकटक बनाइ पुरस्कार जित्ने अवसर समेत पाउने भएका छन । दर्शकहरुले महोत्सवस्थल प्रवेश गरेपछि जुनसुकै स्थानमा टिकटक बनाउन सक्नेछन् । दर्शकहरुले कुनैपनि गीतमा टिकटक बनाइ भिडियो अप्लोड गर्नुपर्ने छ ।

सवै भन्दा धेरै भ्युज भएको भिडियोलाई पुरस्कार प्रदान गरिने प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सव स्थल भित्र टिकटक बनाउनका लागि आयोजकले टिकटक निर्माणका लागि सजावट गरी विभिन्न स्थानमा टिकटक स्पट समेत निर्माण गरेको छ ।

टिकटक माघ ८ गते साँझ ४ बजे सम्म अपलोड गरिसक्नुपर्नेछ । सर्वाधिक भ्युज आउने टिकटकलाइै प्रथम पुरस्कार नगद ३० हजार र दोस्रोलाई २० हजार प्रदान गरिनेछ । पोखरा महोत्सवले टिकटकमा सामाजिक सन्देशमूलक भिडियोहरु अपलोड गराउने र टिकटकबाट मनोरन्जनसँगै टिकटक चलाएर पुरस्कार समेत पाइन्छ भन्ने प्रस्ट्याउन पनि प्रतियोगिताको आयोजना गरिएको हो ।

तेस्रो दिनमा दर्शकको संख्या बढिरहेको छ भने व्यापार समेत बढेको महोत्सवका अर्थ व्यवस्थापन उपसमितिका संयोजक सूर्यबहादुर बानियाले बताए । महोत्सवमा विशेष गरी जाडो यामका सामग्रीको बिक्री वितरण र घरायसी सामग्रीहरुको बिक्री बढेको बानियाले जानकारी दिए ।

महोत्सवमा शनिबार लोकदोहोरीतर्फ प्रकाश सपुत, जीवन दाहाल, शिवहरि ढुंगाना, राजन कार्की, निशा पोख्रेल, परशुराम अधिकारी, वसन्ती थापा, सुमन केसी, तुलसा जिसीको प्रस्तुति रहनेछ भने साँझको लाइभ कन्सर्टमा लाहुरेको प्रस्तुति रहने छ ।

प्रकाशित मिति २०७९ पुस ३० गते शनिबार ०९:१८
हजुरको प्रतिक्रिया