२०८३ असोज २३ गते शुक्रबार

गण्डकीका सभामुख धितालले लिए सपथ

गण्डकीका सभामुख धितालले लिए सपथ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ३० गते शनिबार ०८:१६

पोखरा गण्डकी प्रदेशका नवनिर्वाचित सभामुख कृष्णप्रसाद धितालले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई शनिबार साँझ गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सपथ खुवाएका हुन् । सपथ लिनलाई प्रदेशप्रमुखका पुगेका धितालले झन्डै एक घण्टा...

पोखरा

गण्डकी प्रदेशका नवनिर्वाचित सभामुख कृष्णप्रसाद धितालले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई शनिबार साँझ गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सपथ खुवाएका हुन् ।

सपथ लिनलाई प्रदेशप्रमुखका पुगेका धितालले झन्डै एक घण्टा कुर्नुपरेको थियो। प्रदेश प्रमुख गुरुङ पोखरा महानगरपालिकाले आयोजना गरेको बाघ भैरव नाचमा प्रमुख अतिथिका रुपमा सहभागी भएपछि सपथ लिन प्रदेश प्रमुखकहाँ पुगेका धितालले कुर्नुपरेको हो ।

 

शनिबार भएको मत विभाजनमा माओवादी केन्द्रका सांसद धिताललाई सभामुख निर्वाचित गर्नेसम्बन्धी प्रस्तावको पक्षमा ३२ जना थिए । प्रस्तावको विपक्षमा कांग्रेसका २६ जनाले मत दिए। नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र निर्वाचित भई नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे)ले प्रस्तावको पक्षमा मत दिएका हुन्। ज्येष्ठ सदस्यको हैसियतमा प्रदेश सभाको अध्यक्षता ग्रहण गरेका एमालेका मित्रलाल बस्याल मत विभाजनमा सहभागी हुन पाएनन् ।

प्रतिपक्ष दल नेपाली कांग्रेसले सरस्वती अर्याललाई सभामुखको उम्मेदवार बनाएको थियो । धिताललाई सभामुख बनाउनेसम्बन्धी प्रस्तावको पक्षमा बहुमत पुगेपछि अर्यालको मनोनयन निर्णयार्थ प्रस्तुत भएन ।

उपसभामुखको निर्वाचन सोमबार गर्ने तयारी छ । सत्तारुढ गठबन्धनको भागबन्डामा एमालेले उपसभामुख पाएको छ । तर, उम्मेदवारको टुंगो लागिसकेको छैन । कांग्रेसले पनि उम्मेदवार टुङ्ग्याएको छैन ।

प्रकाशित मिति २०७९ पुस ३० गते शनिबार ०८:१६
हजुरको प्रतिक्रिया