पोखरा
पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेशका पदक जितेका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ । शनिबार गण्डकी प्रदेश आर्चरी संघ, कास्की जिल्ला आर्चरी संघ र अन्नपूर्ण आर्चरी क्लबले पदक बिजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेका हुन् ।
पोखरामा असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आर्चरीमा गण्डकी प्रदेश ७ वटा स्वर्ण, ४ वटा रजत र एउटा कास्य पदक जित्दै च्याम्पियन भएको थियो । पदक विजेता खेलाडीलाई साउथ एसियन तथा नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष दीपक गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका निमित्त सदस्य सचिव घनश्याम पौडेल, गण्डकी प्रदेश आर्चरी संघका अध्यक्ष वसन्त थकाली, कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन, अन्नपूर्ण आर्चरी संघका अध्यक्ष वसन्त गौचनले सम्मानपत्रसहित सम्मान गरे ।
पाँचौं राष्ट्रिय खेलकुदमा प्रदर्शनी खेलका रुपमा समावेश भएको आर्चरीको छैंटौमा मेडल गणना भएको थियो, सातौं र आठौंमा मेडल गणना भएन भने नवौंमा समान् १३ स्वर्ण, रजत र कास्य पदकका लागि प्रतियोगिता भएको थियो ।
प्रकाशित मिति २०७९ माघ १ गते आइतबार १०:२०




