२०८३ असोज २३ गते शुक्रबार

सनाखत भएकाको शव भोलि ९ बजेपछि परिवारलाइ दिइने

सनाखत भएकाको शव भोलि ९ बजेपछि परिवारलाइ दिइने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १ गते आइतबार ०६:०८

दुर्घटनामा परेर मृत्यु भएका २३ जनाको सनाखत भएको छ ।

पोखरा

पोखरामा यति एयरलायन्सको विमान दुर्घटनामा परेर मृत्यु भएकाको शव भोलि विहान मात्रै परिवारलाई बुझाइने भएको छ । सनाखत भएका मृतकको शव भोलि विहान ९ बजेपछि बुझाइने भएको हो ।

दुर्घटनामा परेर मृत्यु भएका २३ जनाको सनाखत भएको छ । ५९ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । ३ जनाको शव निकाल्नलाई भने कठिन भइरहेको छ ।

एटिआर–७२ उक्त जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सवार रहेको यति एयरलाइन्सले जानकारी दिएको छ ।

९ एन एएमसी कल साइनको उक्त जहाज काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरबाट १० बजेर ५५ मिनेटमा सेती खोंचमा सम्पर्क रहेकोे यति एयरलायन्सले जानकारी दिएको छ ।

प्रकाशित मिति २०७९ माघ १ गते आइतबार ०६:०८
हजुरको प्रतिक्रिया