२०८३ साउन २१ गते बिहीबार

पोखरा विमान दुर्घटनाः ६८ जनाको शव अस्पतालमा

पोखरा विमान दुर्घटनाः ६८ जनाको शव अस्पतालमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २ गते सोमबार १२:५२

। सनाखत भएका शव पोष्टमार्टमपछि प्रकृया पु¥याएर आफन्त जिम्मा लगाउने उनले बताए ।

पोखरा
पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका ४ जनाको अवस्था अझै अज्ञात रहेको छ । दुर्घटनामा परेर ज्यान गुमाएका ६८ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपि अजय केसीले बताए । ‘करिव ४० जनाको सनाखत भइसकेको छ’, उनले भने ।

मृतकका आफन्तले शवको सनाखत गरिरहेको केसीले जानकारी दिए । सनाखत भएका शव पोष्टमार्टमपछि प्रकृया पु¥याएर आफन्त जिम्मा लगाउने उनले बताए । ‘विदेशी नागरिक, क्रु मेम्बर, पहिचान नखुलेको र काठमाडौं नै लगेर पोष्टमार्ट गर्छौ भन्ने हकमा काठमाडौं लग्ने व्यवस्था हुँदैछ’, उनले भने ।

पोखरा महानगरपालिका–७ र १५ जोड्ने मितेरी पुल नजिकै सेती खोंचमा फेला नपरेका ४ जनाको खोजी जारी छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोंच माथि अड्एिको विमानको बडीमा खोजतलास गरिरहेको छ ।

प्रकाशित मिति २०७९ माघ २ गते सोमबार १२:५२
हजुरको प्रतिक्रिया