२०८३ साउन २१ गते बिहीबार

पोस्टमार्टम नहुँदा शव आफन्तले बुुझ्न पाएनन्

पोस्टमार्टम नहुँदा शव आफन्तले बुुझ्न पाएनन्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २ गते सोमबार ०१:४८

उनले ६८ जनाको शव रहेकाले यसलाई व्यवस्थापन गर्दै प्रक्रिया अघि लैजान समय लाग्ने बताए ।

पोखरा

पोखरा जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको ६८ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी पोखरामा राखिएको छ । ज्यान गुमाएकाहरुको पोस्टमार्टम हुन नसक्दा आफन्तले अहिलेसम्म शवको बझ्न पाएका छैनन् ।

अहिलेसम्म ३८ जनाको शव सनाखत भइसकेको छ । सनाखत गरेका आफन्तहरुको पोस्टमार्टम भवन बाहिर भिड लागेको छ । एक आफन्तले भने, ‘हिजो नै सनाखत भइसकेको हो तर यत्रो समय बित्दा पनि हामीले लास लैजान पाएका छैनौ ।’

विमान दुर्घटनाको घटना भएकाले प्रहरीले मुचुल्का उठाउने प्रक्रिया भित्र गरिरहेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्की निमित्त सुचना अधिकारी ज्ञानबहादुर खड्काले दिए । उनले ६८ जनाको शव रहेकाले यसलाई व्यवस्थापन गर्दै प्रक्रिया अघि लैजान समय लाग्ने बताए ।
हाल पोस्टमार्टमका लागि काठमाडौंबाट चिकित्सकको टोलीलाई बोलाइएको छ ।

चिकित्सकको टोली आएपछि बल्ल पोस्टमार्टमको प्रक्रिया सुरु भइ आफन्तको जिम्मा लगाइनेछ । सनाखत हुन नसकेकाहरुको शव काठमाडौं पठाइने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति २०७९ माघ २ गते सोमबार ०१:४८
हजुरको प्रतिक्रिया