२०८३ असोज २३ गते शुक्रबार

आईपीएल : मुम्बईको दबदबा कायमै, काेलकतालाई ८ विकेटले पराजित गर्दै अंकतालिकाकाे शिर्षस्थानमा

आईपीएल : मुम्बईको दबदबा कायमै, काेलकतालाई ८ विकेटले पराजित गर्दै अंकतालिकाकाे शिर्षस्थानमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १ गते शनिबार ०८:३३

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले आफ्नो दबदबा कायम राख्दै कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । जितसंगै मुम्बई इन्डियन्स फेरि एकपटक अंकतालिकाकाे शिर्ष स्थानमा...

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले आफ्नो दबदबा कायम राख्दै कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । जितसंगै मुम्बई इन्डियन्स फेरि एकपटक अंकतालिकाकाे शिर्ष स्थानमा पुगेकाे छ ।

अबुधाबीमा गएराति भएको खेलमा कोलकाताले मुम्बईसामु १४९ रनको विजय लक्ष्य पेश गरेको थियो । मुम्बईले सो लक्ष्य १६.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा क्विन्टन डि ककले नटआउट ७८ रन बनाए । यस्तै रोहित शर्माले ३५, सूर्यकुमार यादवले १० र हार्दिक पाण्ड्याले २१ रन बनाए । हार्दिक नटआउट रहे ।

बलिङतर्फ वरुण चक्रवर्ती र शिवम माभीले १–१ विकेट लिए ।

यसअघि अबुधाबीको जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्दै कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४८ रन बनाएको थियो ।

कोलकाताको लागि पेट कमन्सिनले नटआउट ५३ रन बनाए । दिनेश कार्तिकले कप्तान छाडेपछि टिमको नेतृत्व गरेका इयान मोर्गानले नटआउट ३९ रन बनाए ।

ओपनर राहुल त्रिपाठी ७ रनमा आउट भए । यस्तै शुभम गिलले २१ रन बनाए । नितिश राना ५ रनमा आउट भए । कप्तानी छाडेका दिनेश कार्तिक पनि क्रिजमा टिकेनन् । उनले ४ रनमात्र बनाउन सके । आन्द्रे रसेलले १२ रन बनाए ।

बलिङतर्फ राहुल चहारले २ विकेट लिए ।

प्रकाशित मिति २०७७ कात्तिक १ गते शनिबार ०८:३३
हजुरको प्रतिक्रिया