२०८३ साउन २१ गते बिहीबार

जहाजका अवशेषहरु (तस्वीरहरु)

जहाजका अवशेषहरु (तस्वीरहरु)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ४ गते बुधबार ०५:०२

पोखरा यती एअरलाइन्सको ‘९एन–एएनसी’ विमान जहाज दुर्घटना भएको आज चौथो दिन । ६८ यात्रु र चालक दलका ४ सदस्य सहित काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरामा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । यतिबेला जहाज दुर्घटनाबाट...

पोखरा

यती एअरलाइन्सको ‘९एन–एएनसी’ विमान जहाज दुर्घटना भएको आज चौथो दिन । ६८ यात्रु र चालक दलका ४ सदस्य सहित काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरामा अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।

यतिबेला जहाज दुर्घटनाबाट ज्यान गुमाएकाको आफन्तजन शोकाकुल अवस्थामा छन् । दुर्घटनास्थलमा धुवाँको गन्ध निरन्तर आइरहेको छ । जहाजका अवशेषहरु छरपस्ट छन् । जहाजभित्रका पार्टपुर्जा, यात्रुका सरसामान, कपडाका बचेका अवशेष अझै घटनास्थलमा छ । दुर्घटनास्थलमा हेर्न आउने मानिसहरुको भिड अझै छ। प्रहरीद्धारा हराइरहेका यात्रुलाई खोज्ने प्रयास जारी छ । घटना अनुसन्धानका लागि विज्ञ टोली पनि सो क्षेत्रमा ढौडधुप गरिरहेका छन् । दुर्घटनास्थल आसपासका स्थानीय अझै त्रसित छन् ।

जहाजमा सवार ७२ जनामा ७० जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने २ जनाको अवस्था अझै अज्ञात छ । यद्यपी दुइ वटा शरीका भाग भने प्रहरीले दुर्घटनास्थलबाट निकालेर पोस्टमार्टम र डिएनए परीक्षणका लागि पठाएको छ ।

 

प्रकाशित मिति २०७९ माघ ४ गते बुधबार ०५:०२
हजुरको प्रतिक्रिया