२०८३ असोज २३ गते शुक्रबार

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ५ गते बिहीबार ०५:१९

घिमिरेको पक्षमा १६७ मत परेको थियो। उनको विपक्षमा १०० मत पर्‍यो भने एक जना तटस्थ रहेका थिए। मतदानमा २६८ सांसद सहभागी थिए।

उपसभामुखको निर्वाचन माघ ७ गते हुने

काठमाडौं

 

प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित भएका छन्।

बिहीबार प्रतिनिधि सभामा भएको निर्वाचनमा उनी बहुमतले सभामुख निर्वाचित भएका हुन्। उनलाई एमालेसँगै नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी (जसपा)का सांसदले मत दिएका हुन्।

घिमिरेको पक्षमा १६७ मत परेको थियो। उनको विपक्षमा १०० मत पर्‍यो भने एक जना तटस्थ रहेका थिए। मतदानमा २६८ सांसद सहभागी थिए।

सत्तारूढ दलहरूका तर्फबाट एमाले सांसद घिमिरे उम्मेदवार बनेका थिए। उनलाई सभामुख चयन गर्न सांसद सुवास नेम्वाङले प्रतिनिधि सभामा प्रस्ताव पेश गरेका थिए। उनको प्रस्ताव बहुमतले पारित भएको हो।

त्यस्तै, प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन माघ ७ गते हुने भएको छ।

प्रतिनिधि सभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उपसभामुखको निर्वाचनबारे जानकारी दिएका हुन्। ज्येष्ठ सदस्य जबराले उपसभामुखको निर्वाचनका लागि संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकेका छन्।

 

प्रकाशित मिति २०७९ माघ ५ गते बिहीबार ०५:१९
हजुरको प्रतिक्रिया