२०८३ साउन २१ गते बिहीबार

पोखरा जहाज दुुर्घटनामा चालक दल नै दोषी देखिन्छन्: पूूर्व वरिष्ठ क्याप्टेन मदन केसी

पोखरा जहाज दुुर्घटनामा चालक दल नै  दोषी देखिन्छन्: पूूर्व वरिष्ठ क्याप्टेन मदन केसी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ७ गते शनिबार ११:५१

''यो मेकानिकल फेइलर होइन, चालकदलको त्रुुटि हो'' केसीले भने

पोखरा

पोखरामा माघ १ गते भएको यती एयरलाइन्सको विमान दुुर्घटनामा चालक दल नै दोषी देखिने पूूर्व वरिष्ट क्याप्टेन मदन केसीले बताएका छन् । उनले दुुर्घटनाबाट बाहिर आएका भिज्युुअलहरुलाई हेर्नेमात्र हो भनेपनि चालक दलको त्रुुटि देखिने गरि प्रष्ट हुुने बताए । पब्लिक टेलिभिजनको कार्यक्रम द भीयूूमा बोल्दै केसीले एउटै इन्जिनले मात्र पनि सुुरक्षित अवतरण गराउन सक्ने विमान दुुर्घटना हुुँदा एयरक्राफ्टमा भन्दा चालक दलको त्रुुटि सजिलै देखिने दाबी गरे ।

‘यो मेकानिकल फेइलर होइन, चालकदलको त्रुुटि हो’ केसीले भने । उनले अहिलेसम्म घटनालाई हेर्दा चालक दलले यात्रुु बोकेको अवस्थामा परीक्षणका लागि सहचालकको हातमा नियन्त्रण दिएर गम्भीर त्रुुटि गरेको देखिने उनले बताए । उनले यदि यो सहचालकलाई चेक राइडका लागि तालिम गराइएको हो भने र्दुुघटना हुुनुुमा कम्पनी र क्याप्टेनको बराबरी गल्ती रहेको बताए । उनले यात्रुु रहेको जहाजमा चेक राइड (परीक्षण) गराइन नहुुने बताए ।

पुुरा अन्तवार्ता हेर्नुुहोस्

प्रकाशित मिति २०७९ माघ ७ गते शनिबार ११:५१
हजुरको प्रतिक्रिया