२०८३ साउन २१ गते बिहीबार

काेराेनाका कारण पाेखरामा थप १ जनाकाे मृत्यु, पाेखरामै थपिए ५३ संक्रमित

काेराेनाका कारण पाेखरामा थप १ जनाकाे मृत्यु, पाेखरामै थपिए ५३ संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १ गते शनिबार १२:५०

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पाेखरामा सनिबार थप एक जनाकाे ज्यान गएकाे छ ।  कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ का ४७ बर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार  दिउसो ४:५० बजे चरक मेमोरियल अस्पताल, पोखरामा ज्यान गएकाे...

गण्डकी प्रदेशमा सनिबार ७६ संक्रमित थपिँदा संक्रमितकाे कुल संख्या ५५७७ पुग्याे

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पाेखरामा सनिबार थप एक जनाकाे ज्यान गएकाे छ ।  कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ का ४७ बर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार  दिउसो ४:५० बजे चरक मेमोरियल अस्पताल, पोखरामा ज्यान गएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

मृतकमा गत २३ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । यस संगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

यस्तै, सनिबार पाेखरा महानगरपालिकाका थप ५३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । सनिबार पाेखरा–८ का एक ५ बर्षीय बालिकासहित थप ५३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे निर्देशनालयले जनाएकाे हाे । पाेखराका ५३ जनासहित गण्डकी प्रदेशमा सनिबार ७६ संक्रमित थपिएका छन । जस अन्तरगत तनहुँका ३ जना, गाेरखाका ९ जना, नवलपरासीका ५ जना, स्याङ्जा र बाग्लुङका २/२ जना, लमजुङ र म्याग्दीका १/१ जना रहेका छन ।

यससंगै गण्डकी प्रदेशमा काेराेना भाइरसबाट संक्रमित हुनेकाे कुल संख्या ५५७७ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक १ गते शनिबार १२:५०
हजुरको प्रतिक्रिया